मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, छोरा भागेर बाचे

काठमाडौँ – मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । उनका छोरा भने भागेर बाँचेका छन् । 

बेलबारी नगरपालिका– १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । मंगलबार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई दाउले प्रहार गरेको प्रहरीले जनाएको छ ।

गीताको घटनास्थलमै मृत्यु भएको थियो भने लिम्बूले सोही दाउले आफ्नो घाटी पनि रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

राति करिब २ बजे घटनाको जानकारी आएलगत्तै पुगेको प्रहरीले लिम्बूलाई गम्भीर अवस्थामा फेला पारेको थियो ।

उनको  उपचारका लागि नोबेल मेडिकल कलेज पठाइएकोमा अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भने भागेर ज्यान जोगाएको  जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।

हत्याको कारण घर झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?