मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी लुकाउन सकिन्छ, तपाइको मोबाइलमा भएका गोप्य एप

काठमाडौँ– स्मार्टफोनमा तपाइको गोपनीयताको लागि धेरै प्रकारका सुरक्षा विकल्पहरू हुन्छन् । जसमा स्क्रिन लक, बायोमेट्रिक अथेन्टिकेसन आदि पर्छन् ।

योसँगै तपाईँका गोप्य तथा महत्त्वपूर्ण एपहरू लुकाउनु पनि सुरक्षाको उचित विकल्प हो । तर यसको बारेमा कतिपय स्मार्टफोन प्रयोगकर्ताहरूलाई थाहा नहुन पनि सक्छ ।

त्यसकारण आज हामी तपाईँलाई विभिन्न तरिकाबाट एन्ड्रोइड एप कसरी लुकाउने भन्ने विषयमा जानकारी दिँदै छौ ।

स्मार्टफोनहरूमा यसरी लुकाउन सकिन्छ एप 

– यदि तपाई सामसङ फोन प्रयोगकर्ता हुनुहुन्छ भने सबैभन्दा पहिला आफ्नो मोबाइलको होम स्क्रिनमा खाली रहेको भागमा केही बेर थिचिराख्दा देखा पर्ने मेनुमा रहेको सेटिङमा क्लिक गर्ने ।

– तलतर्फ स्क्रोल गरेपछि देखिने हाइड एप्स अन होम एण्ड एप स्क्रिन अप्सनमा क्लिक गर्ने 

– आफूले लुकाउन चाहेको एप छनौट गरी लुकाउन निर्देशन दिने ।

– तर केही फोनहरूमा एप लुकाउने विकल्प नहुन पनि सक्छ यसका लागि अर्को एप प्रयोग गर्ने वा लुकाउनुपर्ने एपलाइ डिसेबल गर्न सकिन्छ । 

तर यो यो तरीकाबाट एपहरू लुकाउँदा केवल फोनमा पहिले नै इन्स्टल भएर आउने सिस्टम एपहरूका लागि मात्र हो । 

यस्तै प्ले स्टोरबाट डाउनलोड गर्ने एपहरू लुकाउन भने 

– मोबाइलको लागि एप ड्रयर खोलेर आफूले लुकाउन चाहेको एपमा केही बेर थिचिराख्ने 

– त्यसपछि कन्टेक्स्ट मेनुमा रहेको एप इन्फोमा गई  एप्स सेटिङ्गमा क्लिक गर्ने 

– त्यसपछि डायलग बक्समा देखिने डिसेवल एपमा थिचेर निश्चित गर्ने ।

– यसबाहेक माइक्रोसफ्ट लञ्चर प्रयोग गरेर पनि मोबाइलमा रहेका गोप्य एपहरू लुकाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?