मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुल्मीमा शुक्रबारदेखि खुला ब्याडमिन्टन प्रतियोगिता हुने

गुल्मी – गुल्मीमा शुक्रबारदेखि खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा यही चैत ९ देखि ११ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो ।

जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष नवराज श्रेष्ठका अनुसार उक्त प्रतियोगिताअन्तर्गत खुल्ला पुरुष डबल, भेट्रान्स, खुला पुरुष एकल, खुला महिला डबल्सलगायत सात विधाका खेल हुने छन् । खुला पुरुष डबल्सतर्फ पहिलो हुनेले रु ६० हजार, दास्रो हुनेले रु ४० हजार र तेस्रो हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै भेट्रान्सतर्फ पहिलो हुनेलाई रु ४० हजार, दोस्रो हुनेलाई रु २५ हजार र तेस्रो हुनेलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । खुला पुरुष एकलतर्फको पहिलो हुने खेलाडीलाई रु ३५ हजार, दोस्रो हुनेलाई रु २५ हजार तथा तेस्रो हुनेलाई रु १५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

यसैगरी खुला महिला डबल्सतर्फको विजेताले रु ३५ हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा खुला पुरुष डबल्स र खुला पुरुष एकलतर्फ राष्ट्रिय बरियताका २० भन्दा तलका खेलाडी मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?