मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालीले भारतका क्यूआर कोडमार्फत भुक्तानी गर्न पाउने

काठमाडौँ– नेपाली नागरिकले अब भारतका क्यूआर कोडमार्फत भुक्तानी गर्न पाउने भएका छन् ।

शुक्रवार नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका बैंकमा खाता भएका व्यक्तिले भारतका क्यूआरमार्फत भुक्तानी गर्न पाउने बताएको थियो । योसँगै नेपाली नागरिकलाई नेपालमा रकम पठाउन समेत सहज भएको छ ।

क्यूआर कोर्डमार्फत राष्ट्रिय स्वीचको माध्यमबाट विदेशमा भुक्तानी गर्न राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

नेपाल र भारतमा क्यूआर भुक्तानी गर्न नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच गत भदौमा सम्झौता भएको थियो । सम्झौता भए पनि नेपाल राष्ट्र बैंकले अनुमति गत शुक्रवार मात्र दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?