मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बच्चाका लागि हानिकारक यी ४ कुरा

बच्चाको हेरचाह गर्नु अभिभावकका लागि निकै संवेदनशील र चुनौतीपूर्ण काम हो । त्यसमा पनि तीन वर्षमुनिका बच्चालाई धेरै हेरचाह गर्नुपर्ने हुन्छ ।

बजारमा धेरै चीज उपलब्ध छन्, जुन बच्चाका लागि राम्रो भनिन्छ । बच्चाको सुविधाका लागि धेरै कुरा प्रयोग गर्ने हाम्रो चलन छ । तर ती सबै उपलब्ध सामग्री बच्चाका लागि प्रयोग गर्नु ठिक नहुने चिकित्सकहरू बताउँछन् ।

बच्चाका लागि बनाइएका चार वटा चीज, जसको प्रयोगले उनीहरूको स्वास्थ्यमा नराम्रो असर पुर्‍याउन सक्छ ।

गाजल

नवजात शिशुको आँखा धेरै संवेदनशील हुन्छ । यस्तो अवस्थामा गाजल लगाउँदा त्यसमा हुने रसायनको प्रयोगले बच्चालाई हानि पुर्‍याउन सक्छ । गाजलले बच्चाको आँखामा जलन हुने वा चिलाउने भएकाले गाजल प्रयोग नगर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।

गाजल लगाउँदा आँखा रातो हुने, पोल्ने, सङ्क्रमण हुने समस्या आउँछ । गाजलले आँसु आउने बाटो अवरुद्ध पार्ने भएकाले झन् धेरै आँसु बग्ने समस्या बढ्ने हुन्छ । गाजलले कोही कोही बच्चामा एलर्जीसमेत गराउँछ ।

बजारमा किनेको गाजलमा अत्यधिक केमिकल हुने भएकाले आँखादेखि शरीरका अन्य अङ्गमा पनि क्षति पुग्न सक्छ ।

बेबी वाकर

बेबी वाकर बच्चाको विकासमा हानिकारक हुन्छन् । वाकरले बच्चालाई हिँड्नका लागि उसको मांसपेशीहरू गलत रूपमा प्रयोग गर्न सिकाउँछ ।

यति मात्र होइन, वाकरको प्रयोगका कारण धेरै बालबालिका ढिलो हिँड्न थाल्दछन्, किनभने वाकरको सहायताले हिँड्दा बच्चाले छिटो सन्तुलन सिक्न सक्दैनन् ।

वाकरको अत्यधिक प्रयोगले खुट्टा भित्रतिर झुक्छ, जसले बच्चाको खुट्टामा दबाब दिन्छ । धेरै अनुसन्धानका अनुसार वाकरको सहारा लिएर हिँड्ने बालबालिकाको विकास वाकर प्रयोग नगर्ने बालबालिकाको तुलनामा कम हुन्छ ।

‘बेबी पाउडर’

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार बच्चालाई बेबी पाउडर लगाउनु अनिवार्य छैन । धेरै अध्ययनले देखाएका छन् कि पाउडर बच्चाको स्वास्थ्यका लागि फाइदाजनक छैन ।

यसको कण एकदमै सानो हुन्छ, जसले सासको माध्यमबाट शरीरमा प्रवेश गरेर बालबालिकाको फोक्सोलाई हानि  पुर्‍याउँछ । यस्ता पाउडरले बच्चालाई श्वासप्रश्वासमा समस्या ल्याउन सक्छ र क्यान्सरको जोखिम समेत बढाउन सक्छ ।

अगरबत्ती

अगरबत्तीबाट निस्किने धुवाँले बालबालिकाको श्वासप्रश्वासमा अवरोध पुर्‍याउन सक्छ, जसले गर्दा श्वास नली साँघुरो हुन्छ र श्वासप्रश्वासमा समस्या उत्पन्न हुन्छ ।

घरमा पूजा गर्दा तीन वर्षमुनिका बालबालिकालाई अगरबत्ती, हवन वस्तु आदिको धुवाँबाट टाढा राख्नु उपयुक्त हुन्छ ।

साथै ६ महिनामुनिका बच्चालाई लामखुट्टेबाट जोगाउन कोइला वा इलेक्ट्रोनिक लामखुट्टे रिपेलेन्टको प्रयोग गर्नु हुँदैन । यसबाट निस्किने धुवाँ पनि बच्चाको लागि हानिकारक हुन्छ ।

बच्चाका लागि कुनै पनि प्रकारको सामग्री किन्नु वा प्रयोग गर्नुअघि बालरोग विशेषज्ञसँग परामर्श लिनुहोस्, ताकि बच्चाको स्वास्थ्यसँग सम्बन्धित कुनै पनि समस्या नहुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?