मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन सबैभन्दा बढी ‘रिमेक’ भएका बलिउड फिल्म

काठमाडौँ – कुनै पनि फिल्मको रिमेक गर्नु नौलो विषय हैन ।  साउथ इन्डस्ट्री मात्र नभई बलिउड पनि सुपरहिट फिल्मको रिमेक गर्नबाट पछि हट्दैन ।

अर्थात् बलिउडमा त रिमेक फिल्म बनाउने लहरै चलेको छ। आज हामी तपाईँलाई विभिन्न भाषामा धेरै पटक रिमेक भएका र सफल यस्तै  फिल्महरूका बारे बताउँदै छौँ

रमैया वस्तावैया

यो फिल्म सन् २०१३ मा प्रदर्शनमा आएको थियो । तपाईँलाई अचम्म लाग्न सक्छ यो तेलेगु फिल्म ‘नुवोस्तानते नेनोदन्ताना’ को रिमेक हो ।

यसको एक पटक मात्र हैन  फिल्म विभिन्न भाषामा आठ पटक रिमेक भइसकेको छ । साउथमा निकै हिट भएको यो फिल्म हिन्दी भाषामा पनि बनेको छ, जसमा गिरीश तौरानी देखिएका छन् । 

‘बॉडीगार्ड’ 

 सलमान खानको सुपरहिट फिल्म मध्ये एक फिल्म ‘बॉडीगार्ड’ पनि रिमेक हो । सन् २०१० को मलयालम फिल्म पनि यही नामबाट बनेको थियो।

पछि यसलाई हिन्दी, तमिल, तेलुगु, कन्नड र बङ्गालीमा रिमेक गरियो। हिन्दिमा बनेको फिल्ममा करिना कपूरसँगको दबंग खानको जोडीलाई निकै रुचाइएको थियो । 

दृश्यम 

मलयालम सुपरस्टार मोहनलालको फिल्म दृश्यमले बक्स अफिसमा तहल्का मच्चायो। सन् २०१३ मा रिलिज भएको यो फिल्मसँगै मोहनलालको फ्यान फलोइङ विश्वभर बढेको छ ।

उनको फिल्म टिकट विन्डोमा यति सफल भयो कि यसको ६ ओटा रिमेक गरिएको छ। हिन्दीमा अजय देवगन सोही नामबाट बनेको फिल्ममा देखिएका छन् । हिन्दीमा भने यो फिल्म सन् २०१५मा प्रदर्शनमा आएको हो । जुन अजयको करियरमा सफलमध्येको एक फिल्म हो । 

नो एन्ट्री

यो पनि तमिल फिल्म ‘चार्ली च्याप्लिन’ को रिमेक हो । ६ पटक रिमेक भइसकेको यसको हिन्दी भर्सनमा सलमान खान, अनिल कपूर, फरदीन खानलगायतको अभिनय छ ।

बक्स अफिसमा सुपरहिट यो फिल्म  अहिलेसम्म तेलुगु, हिन्दी, मलयालम, कन्नड, मराठी, बंगाली भाषामा रिमेक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?