मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी भुल्ने विछोडको पीडा ?

प्रेममा विछोड भएपछि अधिकांश युवायुवती उदासीन हुने गर्दछन् । हुन त प्रेमवियोगको अवस्थामा को नै खुसी हुन सक्छ र ? केटा होस् या केटी दुबैका लागि ब्रेकअप नमिठो र उदासलाग्दो हुन्छ ।

विछोडको पीडालाई सहन नसकी कतिपयले आत्महत्यासम्म गर्ने गरेका घटना पनि हामीले सुन्दै आएका छौं । आफ्नो संवेगात्मक अवस्थालाई नियन्त्रण गर्न नसक्दा यस्ता घटनाहरु हुने गर्दछन् । तर हरेक अवस्थामा संवेगात्मक नियन्त्रण गर्न सक्नु नै बुद्धिमानी हुने गर्दछ ।

ब्रेकअपपछि पनि खुसी रहन यी कुराहरुहरुको अनुशरण गर्नुपर्ने हुन्छ :

– साथीहरुलाई पर्याप्त समय दिनुस् जसले तपाई आफ्नो खाली समयमा पूर्वप्रेमीसँगका विगतका क्षणहरु भुल्न सक्नुहुन्छ ।

– सामाजिक सञ्जालमा साथी समूह (फ्र्याण्ड सर्कल) बढाउनुहोस् जसले नयाँ मान्छेसँग तपाईको सम्बन्ध बढ्दै जाओस् ।

– मनमा पूर्वप्रेमीका लागि जतिपनि रिस छ, त्यो सबै साथीहरुलाई बताइदिनुहोस् जसले गर्दा तपाई मन हल्का बनोस् ।

– आफूलाई खुसी मिल्ने काममा मन लगाउनुहोस् ।रमणीय ठाउँको भ्रमण गर्नुहोस् जसले गर्दा तपाईको तनाव कम हुनेछ र मन प्रसन्न रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?