मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोषक तत्वहरूले भरिपूर्ण स्वादिष्ट परिकार मुँगको दाल

काठमाडौँ- स्वस्थ आहार स्वास्थ्यको लागि धेरै लाभदायक छ। नियमित रूपमा राम्रो खाना खाँदा रोगबाट बच्न सकिन्छ। फलफूल, सागसब्जी, सम्पूर्ण अन्न, दुग्धजन्य पदार्थ, दाल आदि जस्ता सन्तुलित आहारमा सबै आवश्यक पोषक तत्वहरू पाइन्छ। ती मध्ये एक हो मुँगको दाल।

मुँगको दाल प्रोटिन, फाइबर, भिटामिन आदि पोषक तत्वहरूले भरिपूर्ण स्वादिष्ट परिकार हो। मुगको दालमा सामान्यतया अन्य दालको तुलनामा बढी प्रोटिन हुन्छ । एक कचौरा (१०० ग्राम) मुँग दालमा २५ ग्राम प्रोटिन हुन्छ। यदि तपाई शाकाहारी हुनुहुन्छ भने अवश्य यसको सेवन गर्नुहोस् । यसमा मासु र अण्डा जत्तिकै प्रोटिन हुन्छ।

धेरै खानेकुराहरू छन् जसलाई हामीले आफुलाई स्वस्थ राख्नको लागि आफ्नो आहारमा समावेश गर्न सक्छौं। यी मध्ये एक हो मुँग दाल, जुन पौष्टिक हुनुका साथै स्वादिष्ट पनि हुन्छ। यसका फाइदाहरूले तपाईलाई छक्क पर्नेछ।

दाल स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। सबै प्रकारका दाल प्रोटिनको राम्रो स्रोत हुन्। तर मुँगको दाल अन्य दालभन्दा बढी फाइदाजनक मानिन्छ। मुँगको दाल पौष्टिक तत्वले भरिपूर्ण हुन्छ। यसमा भिटामिन बी-६, भिटामिन सी, आइरन, फाइबर, पोटासियम, कपर, फस्फोरस, फोलेट, रिबोफ्लेभिन, म्याग्नेसियम, नियासिन र थायामिन जस्ता धेरै पोषक तत्वहरू पाइन्छ।

१. सजिलै पच्ने

यदि तपाईंले उसिनेको अंकुरित मुँगको दाल खानुभयो भने, यो खान सहज हुन्छ भने सजिलै पच्छ पनि । यसो गर्दा तपाईंले यसबाट अधिकतम पोषक तत्व र लाभ प्राप्त गर्न मद्दत गर्छ । डायट्री फाइबरले भरपुर भएका कारण यसले तपाईंको पाचन र पोषण तत्वको अवशोषणमा सुधार गर्न पनि मद्दत गर्छ । यो कब्जियतको समस्या टाढा राख्न पनि लाभदायी छ ।

२. मांसपेशी निर्माणमा सहयोगी

एक कप अंकुरित मुँगमा लगभग ७ ग्राम प्रोटिन हुन्छ जसले गर्दा मांसपेशी निर्माणमा यो निकै सहयोगी हुन्छ । यसैकारण फिटनेस प्रेमीले बिहान खाली पेटमा मुँगको दाल खान रुचाउँछन् ।

३. हेमोग्लोबिन बढाउँछ

आइरनयुक्त अंकुरित मुँग दालको सेवनले रगत र रातो रक्त कोशिकामा अक्सिजनको मात्रा बढाउन मद्दत गर्छ । यसले शरीरमा रक्तअल्पता हटाउन मद्दत गर्दछ ।

४. ऊर्जा प्रदान गर्दछ

बिहान उसिनेको मुँग खाँदा दिनभर ऊर्जावान महसुस हुन्छ । बिहानै कसरत गर्नेहरूका लागि पनि यो निकै फाइदाजनक हुन्छ । यदि तपाइँ प्रि–वर्कआउट मुँग दालको सेवन गर्नुहुन्छ भने, यसले कसरतको समयमा तपार्इंको प्रदर्शनमा सुधार गर्दछ । यस्तै, यदि तपाईं कसरतपछि यसको सेवन गर्नुहुन्छ भने, यसले मांसपेशी रिकभरीमा पनि मद्दत गर्दछ ।

५. मुटुलाई स्वस्थ राख्छ

अंकुरित दाल बिहान उसिनेर खाँदा खराब कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । यसले रक्तचाप नियन्त्रणमा पनि फाइदा गर्छ । जसका कारण यसले हृदयघात, फेलियर र स्ट्रोकजस्ता रोगबाट पनि तपाईंलाई टाढा राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?