हामी हाम्रो शरीरमा लगाएका कपडाहरू दिनहुँ जसो नै धोइरहेका हुन्छौ । तर राती सुत्दा ओढेर सुत्ने सिरक–ब्ल्याङ्केट भने हामी निकै समयको अन्तरालमा मात्रै धुन्छौ । जसकारण विभिन्न कीटाणुहरू उत्पन्न भएर रोगहरू निम्त्याउने सम्भावना हुन्छ ।
सफा नगरेर लगातार सिरक–कम्बल प्रयोग गर्दा के हुन सक्छ त ?
सिरक–कम्बल नधोएर लगातार प्रयोग गर्दा त्यहाँ रहेको धुलो मैलोका कारण फंगल वा ब्याक्टेरियल इन्फेक्सनको खतरा हुने छालारोग विशेषज्ञहरू बताउँछन् ।
सिरकको लगातार प्रयोग गर्दा वातावरणमा रहेको धुलो मैलो यहाँ जम्न थाल्छ । कतिपय अवस्थामा तातोकै कारण पसिना समेत आउँछ । जुन त्यहीँ टाँसिन्छ ।
यसले फङ्गस हुर्किन मद्दत गर्छ । प्रयोगपछि खुला हावामा छाड्ने भन्दा पनि हामी पट्याउनतिर लाग्छौँ । जसले पसिनाको ओसिलो सुक्दैन, त्यसले फङ्गसलाई फैलिन सहयोग मिल्छ । सिरक–कम्बलबाट निस्किने धुवाँ गाडीबाट निस्किने धुवाँजस्तै हानिकारक हुन्छ ।
मैलो सिरकका कारण हुन सक्ने समस्याहरू :
–रातिको समय शरीर चिलाउने
–सुत्ने बित्तिकै खोकी वा हाछ्यु आउने
–बिहान–बिहानै टाउको दुखाइ र ज्वरोको महसुस हुने
–शरीरमा स–साना बिबिरा वा दागहरू आउन थाल्नु
–घाटीको दुखाइ तथा इन्फेक्सन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया