मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओपन एआई विरुद्ध मुद्दा हालेपछि मस्कलाई अल्टम्यानको त्यो म्यासेज

काठमाडौँ – एलन मस्कले मुद्दा दायर गरे पछि च्याप जिटीका सीईओ सैम अल्टम्यानको प्रतिक्रिया आएको छ । 

एलन मस्कले ओपन एआई र यसको प्रमुख कार्यकारी अधिकारी विरुद्ध मुद्दा दायर गरेको दुई हप्ता पछि अल्टम्यानको प्रतिक्रिया आएको हो । एक अन्तर्वार्तामा ओल्टम्यानले भने कि यस बारे थाहा पाए लगत्तै उनले टेस्लाका सीईओलाई एउटा टेक्स्ट पठाएका थिए । 

ओल्टम्यानले प्राविधिक पत्रकार कारा स्विसरसँगको अन्तर्वार्तामार्फत यो खुलासा गरेका हुन । सो क्रममा अल्टम्यानले मस्कका लागि ‘केही नराम्रो’ लेखेको बताएका छन् । केरेनले सोधे कि, ‘तपाईंले डब्लुटिएफ जस्तो केही लेख्नुभएको छ ?’

जवाफमा  सामले भने, ‘यो त्यो भन्दा अलि राम्रो थियो। मलाई याद छैन। तर तिमीले शब्दको आत्मा बुझ्न सक्छौ भनेको थिएँ।’ पछि इमोजी मार्फत मात्रै दुईबीच केही कुराकानी भएको उनले बताए । 

एलन मस्कले ओपनएआई र कम्पनीका सीईओ साम अल्टम्यान लगायत कम्पनीका अन्य विरुद्ध करार सम्झौता उल्लङ्घन गरेको आरोपमा मुद्दा दायर गरेका थिए।

साम अल्टम्यानले पछि भने, ‘उनी बुझ्छन् कि एलोन मस्क साँच्चै एआई सुरक्षाको बारेमा चिन्तित छन् तर म पुरानो एलन सम्झन्छु। म उहाँसँग निरपेक्ष नायकको रूपमा हुर्केको छु।’

ओपनएआईका सह संस्थापक ग्रेग ब्रोकम्यानसँग ओपन सोर्स, गैर–लाभकारी कम्पनी खोल्ने बारे ओल्टम्यानले मस्कसँग सम्पर्क गरेका थिए तर मस्कले अहिले मुद्दा लगाएको बताए।

यो कम्पनीले मानिसको फाइदाको लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि विकास गर्छ। तर, कम्पनीले अहिले नाफा कमाउनेमा मात्र ध्यान दिएको छ ।

सीईओको बयान अघि कम्पनी (ओपन–एआई) ले आरोप अस्वीकार गर्दै एक विज्ञप्ति जारी गर्‍यो र भन्यो, ‘हामीलाई दुःख लागेको छ कि हामीले धेरै प्रशंसा गरेका व्यक्तिसँग यो अवस्था आएको छ, जसले हामीलाई उच्च लक्ष्यमा पुग्न मद्दत गर्‍यो।, 

‘त्यसपछि भने जब हामीले ओपन एआईको मिसनतर्फ अर्थपूर्ण प्रगति गर्न थाल्यौँ तब हामीलाई असफल बनाउनका लागि हामी माथि मुद्दा हाल्ने काम भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?