मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज ‘फेमिनिस्ट मेमोरी प्रोजेक्ट’ पुस्तक मेला

काठमाडौँ – फोटोसर्कल र नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा आज  ‘फेमिनिस्ट मेमोरी प्रोजेक्ट पुस्तक मेला’ हुँदै छ ।

काठमाडौँको बबरमहलस्थित नेपाल कला–परिषद् परिसर यो एक दिवसीय विभिन्न नेपाली महिला लेखक, विद्वान, कलाकार र प्रकाशकहरूका कृति प्रदर्शन हुनेछन् । 

महिला लेखकहरूलाई आफ्ना पाठकहरूसँग मिलाउने  उद्देश्य राखिएको कार्यक्रममा आज अष्टलक्ष्मी शाक्य,युक्ता बज्राचार्य,बीना प्रधान,नसला चित्रकारको उपस्थिति रहने छ ।

त्यस्तै उज्ज्वाला महर्जन,जयन्ती स्पन्दन,सीमा खान र मोमिला जोशी पनि कार्यक्रममा उपस्थित रहने छन् । पुस्तक मेला सर्वसाधारणका लागि खुला रहने आयाेजकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?