मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी दश भूमिका जसले आलियालाई बनायो नम्बर एक अभिनेत्री

अभिनेत्री आलिया भट्टले आफ्नो करियरको शुरुवात करण जौहरको फिल्म ‘स्टूडेन्ड अफ द ईयर’ बाट गरेकी थिइन । पहिलो फिल्मबाटै कमाल गरेकी उनी पहिलो कामबाटै ठूला निर्देशको नजरमा पर्न सफल भईन ।

जहाँ इम्तियाज अलीको ‘हाईवे’मा पाएको अवसरलाई उनले आफ्नो अभिनय क्षमता स्थापित गर्ने अवसरका रूपमा प्रयोग गर्न कुनै कसर बाँकी राखिनन् ।

त्यसदेखि हालैको ‘राँकी और रानी की प्रेम कहानी’सम्म उनले यस्ता १० फिल्म गरिन जून उनको करियरमा नोटिस गर्ने कामका रूपमा रहे ।

आउनुहोस् सन् १९९३ मार्च १५ मा जन्मिएकी यी स्टार अर्थात् आज जन्मदिन मनाउँदै गरेकी आलियाका १० चर्चित भूमिका बारे जानौँ  

हाईवे (सन् २०१४ फेब्रुअरी २१)

पात्र: वीरा त्रिपाठी

निर्देशन इम्तियाजको यो फिल्म आलियाको करियरमा महत्त्वपूर्ण अवसर साबित भयो । यसमा उनले स्टकहोम सिन्ड्रोमबाट पीडित एक युवतीको भूमिका निभाएकी थिइन । जो आफ्नो अपहरणकर्ता महावीर भाटीलाई प्रेम गर्न थाल्छिन् । जसमा महावीरको भूमिका रण दीप हुड्डा थिए । यसमा आलियाले मन जित्ने भूमिका निभाइन जसले उनलाई सर्वश्रेष्ठ अभिनेत्रीका कयौँ अवार्ड समेत दिलायो । 

२ स्टेट्स ( सन् २०१४ अप्रिल १८)

पात्र : अनन्या स्वामीनाथन

निर्देशक अभिषेक वर्मनको फिल्म ‘२ स्टेट्स’ दुई परिवारको भिन्न धर्म र संस्कृतिको कथा हो । जसमा अर्जुन कपुर दिल्लीको पुरातन वादी पन्जाबी परिवारको युवक कृष मल्होत्रा र आलिया तमिल युवती अन्यया स्वामीनाथनको भूमिकामा देखिएका छन् । जहाँ आफ्ना परिवारलाई सम्झाउन गाह्रो हुने समेत थाहा पाई पाई नै दुई जना प्रेममा पर्छन् । यो फिल्ममा आलियाले पुन एक पटक आफ्नो अभिनय क्षमता प्रमाणित गरेकी छिन् । 

उड्ता पन्जाब ( सन् २०१६ जुन १७)

पात्र : कुमारी पिंकी

निर्देशक अभिषेक चौबेको यस फिल्ममा आलियाले प्रवासी मजदुर युवती कुमारी पिंकीको भूमिका निभाएकी छिन् । जो हक्कीको राष्ट्रिय खेलाडी हुन चाहन्छिन् । तर बुबाको मृत्युका कारण उनको यो सपना टुट्छ भने उनी मजदूरीका लागि पञ्जाब आउँछिन् । एकदिन खेतमा काम गर्दा लागुऔषधको पोको भेटेपछि उनी ठूलो समस्यामा पर्छिन् । विहारको मजदुर युवतीका रूपमा यसमा आलियाले आफ्नो भूमिकालाई जबरदस्त पेस गरेकी छिन् । 

डियर जीन्दगी (सन् २०१६ नोभेम्बर २५)

पात्र : कायरा

यो फिल्ममा पहिलो चोटि आलियाले शाहरुख खानसंग स्क्रिन शेयर गरेकी हुन् । जुन फिल्मले मानसिक स्वास्थ्यका विषयमा कुरा गर्छ । गौरी शिन्दे निर्देशित यो फिल्ममा उनले कायरा नामक एक युवतीको भूमिका निभाएकी थिइन् । आफ्नो भावना र करियरलाई सन्तुलन राख्न गरेको कायराले गरेको संघर्षका कहानीमा आलियाको अभिनय क्षमताको अर्को रूपमा देख्न पाइन्छ । 

बद्रीनाथ की दुल्हनिया (सन् २०१७ मार्च १०)

पात्र : वैदेही त्रिवेदी 

यो फिल्ममा उनी महिला सशक्तिकरणकी एक प्रमाण हुन् । जीवनमा केही गर्न चाहने युवतीका लागि प्रेरणादायक बन्न सक्ने यो फिल्म शशांक खेतानको निर्देशनमा बनेको थियो । जहाँ पात्र वैदेही त्रिवेदी मार्फत आलियाले बिहे अघि आत्मनिर्भर हुने चाहने युवतीको कथा प्रस्तुत गरेकी छिन् । फिल्ममा वरुण धवनका साथमा उनको केमेस्ट्री चर्चा योग्य छ । 

राजी (सन् २०१८ मे ११)

पात्र : सहमत सैयद

फिल्म ‘राजी’को कथा एक भारतीय जासुस सहमत सैयदको सत्य कथा को । सन् १९७१ मा भारत पाकिस्ताबीच बढ्दो तनावका बेला उनका बिहे पाकिस्तानी आर्मीका अधिकारी इकबाल सैयदसंग गरिएको थियो । मेघना गुलजारको निर्देशनमा बनेको यो फिल्ममा आलियाले आफ्नो चरित्र शानदार तरिकाबाट निभाएकी थिइन । 

गल्ली ब्वाई (सन् २०१९ फेब्रुअरी १४)

पात्र: सफीना फिरदौसी

यस फिल्ममा र्यापर बन्न चाहने ‘गल्ली ब्वाई’ रणवीर सिंहको प्रेमिकाका रूपमा आलिया देखिएकी छिन् । सफीना फिरदौसी नामक यो पात्र मनबाट लडाकु भएपनि आफ्नो सम्बन्ध सफल बनाउन जे सुकै गर्न तयार हुन्छ । जोया अख्तरको निर्देशनमा बनेको यो फिल्ममा आलियाको अभिनयको छुट्टै रङ्ग देख्न सकिन्छ । जसले अभिनयमा नयाँ छाप छोड्न उनी सफल भएकी छन् । 

गंगूबाई काठियावाडी (सन् २०२२ फेब्रुअरी २५)

पात्र : गंगूबाई

सन्जय लीला भन्सालीको यो फिल्ममा आलियाको भूमिका निकै मजबुत र शशक्त देखिन्छ । जहाँ गंगूबाई यस्तो पात्र हो जसलाई आफ्नै प्रेमीले वेश्यालयमा बेचिदिन्छ । जसले यौनकर्मी बन्न बाध्य ती युवतीले पछि महिला हकका लागि आवाज उठाउँछिन् । एक महिला माफिया डन र कमाठीपुराको वेश्यालय मालिकको अभिनयलाई आलियाले जीवन्त पारिदिएकी छिन् । यस फिल्ममार्फत उनलाई नेशनल अवार्ड प्राप्त भएको थियो । 

डार्लिग्स (सन् २०२२ अगस्त ५)

पात्र : बदरुन्निसा

यो फिल्म आलिया आफैले शाहरुख खानको फिल्म निर्माता कम्पनी रेड चिलिजसंगको सहकार्यमा निर्माण गरेकी हुन् । यसबाट उनले एक पटक फेरी प्रमाणित गरिदिएकी छिन् की बलिउडमा उनको प्रतिस्पर्धी कोही छैन । जसमीत केरीनको निर्देशनमा बनेको यो फिल्ममा उनले बदरुन्निसाको भूमिका निभाएकी छिन् । यो फिल्म घरेलु हिंसाको विषयमा आधारित छ । 

राँकी और रानी की प्रेम कहानी ( सन् २०२३ जुलाई २८)

पात्र : रानी चटर्जी

फिल्म ‘गल्ली ब्वाई’ पछि रणवीर र आलियाको जोडी करण जौहरको फिल्म ‘राँकी और रानी की प्रेम कहानी’मा देखिएको थियो । यो दिल्लीमा बस्ने फरक पृष्ठभूमिका दुई व्यक्तिको कथा हो । जहाँ महिलावादी दृश्य होस या पारिवारिक हरेक पक्षमा आलिया अब्बल साबित भएकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?