काठमाडौँ– चर्चित ब्याण्ड ‘१९७४ एडी’ को आधिकारिक फेसबुक पेज ह्याक भएको छ छ ।
आफूलाई बङ्गलादेशी मुस्लिम ह्याकरहरूको समूह बताउने ’साइबर क्रिमिनल फोर्स’ को साइबर आक्रमणको निशानामा ब्याण्डको पेजमा परेको हो ।
झण्डै १ लाख २१ हजार फलोअर रहेको ब्यान्डको पेजमा पोस्ट भएको हेर्दा मंगलबार साँझ ९ बजेतिर ब्यान्डको फेसबुक पेज कब्जामा लिएको देखिन्छ ।
ह्याकरहरूले १९७४ एडीको पेजबाट आफूलाई फलो समेत गरेका छन् भने पेजको वालमा जथाभाबी पोस्ट गरिरहेका छन् ।
उनीहरूले बङ्गाली र अङ्ग्रेजी भाषामा विभिन्न पोस्ट गरिरहेका छन् । ब्यान्डमा निराकर याकथुम्बा, मनोज कुमार केसी, सञ्जय श्रेष्ठ लगायत सदस्यहरू आबद्ध छन् । पेज ह्याक भएको बारे उनीहरूले कुनै प्रतिक्रिया दिएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया