मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के कारण थियो, जसले सञ्जय दत्त फिल्म छोड्ने निर्णयमा पुगेका थिए

काठमाडौँ – बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे । सन् १९९३ को मुम्बई बम हमलाको मामलाले उनलाई जेल जीवन बिताउन बाध्य बनायो ।

यसको सुनुवाई सन् १९९५ जुन ३० बाट सुरु भएको थियो । यो मामलामा झन्डै १२ वर्ष पछि सन् २००७ मे १८ मा सुनुवाइ पुरा भएको थियो । उनी दोषी पाइएपछि ६ वर्षको जेल सजायको भागिदार बने ।

अर्थात् उनको जीवनको समस्याको कारण उनी आफै बनेको यी घटनाले पुष्टि गर्दा उनी फिल्ममा आउनु अघि नै लागुऔषधको दुर्व्यसनी बनेका थिए । 

उनको फिल्मी करियर सन् १९८१ मा सुरु भयो । फिल्म ‘राँकि’ मार्फत बलिउडमा कदम चालेका उनको यही डेब्यु फिल्म नै हिट भयो । यसले त्यो समयमै विश्वभरबाट ६.४ करोड कमाई गरेको थियो । तर यो खुसी यतिमै सीमित बन्यो । त्यसपछि लगातार उनका १० ओटा फिल्म फ्लप रहे ।

जसमा ‘जाँनी आई लभ यू’,‘विधाता’,‘बेकरार’,‘मै आवारा हुँ’ लगायतका फिल्म सामेल छन् । हुन त सबै फिल्ममा उनी मुख्य भूमिकामा थिएनन् । कोहीमा केमियो रोलमा मात्रै देखिए पनि सञ्जय जोडिएका सबै प्रोजेक्ट फ्लप हुन थाले ।

यो त्यही समय थियो जति बेला उनी लागुऔषधको दुनियामा चुर्लुम्ब डुबेका थिए । यही कारण फिल्मबाट टाढा जाने सोचमा समेत उनी पुगेका थिए । 

तर यही समय उनलाई नयाँ फिल्म ‘नाम’को अफर आयो । यो सन् १९८६ मा प्रदर्शनमा आयो । यता सञ्जय भने त्यसअघि नै मुम्बई छोडेर अमेरिका जाने सोच बनाएर बसेका थिए । 

सञ्जय आफैले केही अन्तर्वार्ता यसबारे बताएका छन् । उनका अनुसार यो फिल्म फ्लप भएको भए उनले मुम्बई छोडिदिने थिए । तर उनको करियर सम्हालेको यो फिल्म बक्सअफिसमा सुपरहिट मात्रै भएन कि जसले ८० दशकको सबैभन्दा बढी कमाई गर्ने आठौँ फिल्मको रेकर्ड समेत बनायो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?