मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

ठक्कर खाएपछि अभिनयमा विविधता खोजिरहेका प्रदीप

काठमाडौँ– अभिनेता प्रदीप खड्काले फिल्म ‘स्केप’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरे । तर, यो फिल्मले उनलाई कुनै चर्चा दिलाएन ।

त्यसपछि सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘प्रेम गीत’ ले भने उनलाई नसोचेको सफलता दियो । यो फिल्ममा उनी अभिनेत्री पूजा शर्मासँग अनस्क्रिन रोमान्स गरेका थिए । यी दुईको जोडीलाई दर्शकले निकै रुचाए । प्रदीपलाई पनि फ्यानले लभर ब्याइकै रुपमा रुचाए ।

प्रदीपको त्यतिबेला स्थापित भएको क्रेजले त्यसपछि प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत २’ पनि सुपरहिट बन्यो । यो फिल्ममा उनले अश्लेषा ठकुरीसँग जोडी बाँधेका थिए ।

फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया नपाए पनि व्यापारिक दृष्टिले भने यो फिल्म सुपरहिट भयो । यो फिल्मलाई राम शरण पाठकले निर्देशन गरेका थिए । प्रेम गीतप्रेम गीत २ दुवै फिल्मलाई सन्तोष सेनले निर्माण गरेका थिए ।

यी दुई सुपरहिट फिल्म दिएका प्रदीप त्यसपछि पनि त्यस्तै चकलेटी फिल्ममा अभिनय गर्दा उनका फ्यानहरु टाढिँदै गए । सँगै प्रदीपलाई पनि एकै खालको अभिनय गरेको आरोप लाग्दै आएको थियो ।

उनले अभिनय गरेका लिली बिली, रोज, लभ स्टेशन लगायतका फिल्ममा उनको उस्तै खालको अभिनय भएको भनेर विरोध पनि भयो । शुरुमा हिट फिल्म दिएर फ्लप फिल्म दिएका प्रदीप पछि भने आफ्नो अभिनयमा विविधता खोज्न थाले ।

फिल्म ‘प्रेम गीत ३’ मा केही हदसम्म फरक अभिनय गरेको भनेर दर्शकले प्रदीपको तारिफ गर्न थाले भने दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ मा उनले गरेको अभिनयको फ्यानले खुलेरै प्रशंसा गरे ।

पर्दामा चकलेटी र चिटिक्क परेको ‘हिरो’ का रुपमा देख्दै आएका दर्शकले गाउँको चरित्र निर्वाह गर्दा निकै तारिफ भयो ।

आफ्ना फिल्ममा धार बदलेर फरक खालका फिल्ममा समेत अभिनय गर्दै आइरहेका प्रदीपलाई अहिले पनि एकपछि अर्को फिल्ममा अफर आइरहेका छन् । तर, उनले राम्रा फिल्म छानेर मात्र फिल्म साइन गरेका छन् ।

यतिबेला भने प्रदीपको शीर्ष भूमिका रहने फिल्म ‘पुजार सार्की’ को चौतर्फी चर्चा चलेको छ । यो फिल्ममा प्रदीपले फरक भूमिका निर्वाह गरेको र कलाकारको अभिनयमा विविधता आउनु उत्कृष्ट पक्ष भएको भन्दै उनको तारिफ भएको छ ।

‘पुजार सार्की’ को लुकलाई प्रदीपको जन्मदिन पारेर हिजो (आइतवार) सार्वजनिक गरिएको थियो । यो फिल्ममा उनको फस्ट लूकलाई दर्शकले रुचाएका त छन् तर फिल्ममा उनले कस्तो प्रस्तुति दिन सक्छन्, त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?