मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अर्काको इयरबड प्रयोग गर्नुहुन्छ, हुन सक्छन् यस्ता समस्या 

काठमाडौँ– आजभोलि धेरैजसो युवाहरूले गीत सुन्न, फोन गर्नका लागि इयरबड्सको प्रयोग गर्छन् । कतिपयले त आफूसँग नभए पनि साथीभाइको मागेर भए पनि प्रयोग गर्ने गर्छन् ।  

तर अर्काको इयरबड्स प्रयोग गर्दा विभिन्न खालका समस्या देखिन सक्छन् । जुन तपाईँलाई थाहा नहुन पनि सक्छ । त्यस कारण आज हामी तपाइलाई अर्काले प्रयोग गरेको एयरबड्स प्रयोग गर्दा देखिन सक्ने समस्या तिनको समाधानका उपायका बारेमा जानकारी दिँदै छौँ । 

अर्काको इयरबड्स प्रयोग गर्दा हुन सक्छन् यस्ता समस्या :

– फोहर वा अरूले प्रयोग गरेको हेडसेट डिभाइस प्रयोग गर्दा कानमा सङ्क्रमण  हुने, सुन्ने शक्ति नै गुम्ने जस्ता गम्भीर समस्या देखा पर्न सक्छ ।

– विशेष गरी लामो समयसम्म इयरबड वा हेडसेट प्रयोग गर्दा कानमा ब्याक्टेरियाको सङ्ख्या बढ्छ । त्यसबाट ब्याक्टेरिया फैलिएर भित्री भागमा असर गर्छ ।

– अरूले प्रयोग गरेको हेडसेट छ भने पनि त्यसबाट ब्याक्टेरिया सङ्क्रमण हुने सम्भावना हुन्छ । यसले गर्दा पनि कानमा इन्फेक्सन हुने समस्या देखिन्छ । 

यस्ता छन् जोगिने उपाय :

– यस्ता किसिमका सङ्क्रमण र रोगबाट जोगिन स्वस्थ्य जीवनशैली अपनाउनुपर्ने हुन्छ । 

– सकेसम्म हेडसेटलाई सधैँ सफा गरेर अनि त्यसमा भएको ब्याक्टेरिया मार्ने किसिमको रसायन प्रयोग गरिसकेपछि मात्र बनाउनुपर्ने हुन्छ ।

– सकेसम्म अरूले प्रयोग गरेको इयरबड्स वा अन्य हेडसेट डिभाइस प्रयोग नगर्ने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?