मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी बढाउन सकिन्छ इन्स्टाग्राममा फलोअर्स

काठमाडौँ– मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल इन्स्टाग्राम धेरैले रुचाएका छन् । जसमा प्रयोगकर्ताहरूले फलोअर्स सँगै पोस्टमा लाइक तथा प्रतिक्रिया बढी प्राप्त गर्न चाहन्छन् ।

त्यसकारण आज हामी तपाइलाई इन्स्टाग्राममा कसरी फलोअर्स बढाउन सकिन्छ भन्ने बारेमा जानकारी दिँदै छौँ ।  

यसरी बढाउन सकिन्छ इन्स्टाग्राममा लाईक कमेन्ट तथा फलोअर्स 

आकर्षक बायो राख्ने:  बायोमा आफूसँग सम्बन्धित महत्त्वपूर्ण जानकारीहरू, आफ्ना रुचिलगायतका कुरा आकर्षक तथा सटिक ढङ्गले प्रस्तुत गर्नुपर्छ ।

क्याप्सनमा ध्यान दिने: आफ्नो इन्स्टाग्राम पोस्टमा आकर्षक क्याप्सन राख्ने कुराले फलोअर्सको सङ्ख्या बढाउन वा पोस्टमा लाइक तथा कमेन्ट बढाउनमा ठूलो भूमिका खेल्दछ ।

इन्स्टाग्राम पोस्टमा क्याप्सनसँगै ह्यासट्याग राख्ने: इन्स्टाग्राम पोस्टमा क्याप्सनसँगै ह्यासट्याग राख्दा ह्यासट्यागको ट्रेन्डिङ पोस्टमा तपाईँको पोस्ट पनि पर्न सक्छ जसले तपाईँको अकाउन्टलाई बुस्ट गर्न मद्दत पुग्नेछ ।

फिचरको प्रयोग: इन्स्टाग्राममा धेरै राम्रा तथा प्रभावकारी फिचरहरु हुन्छन् । यस्ता फिचरहरुको प्रयोगले पनि तपाईँको पोस्टमा लाइक तथा कमेन्टसँगै फलोअर्सहरु बढाउनमा समेत मद्दत पुग्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?