काठमाडौँ – राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । कम्पनी बेचेर आएको रकम आफ्ना साझेदारहरूलाई नदिएको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो।
उनलाई जिल्ला प्रहरी परिसरले बिहीबार राति पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।
भट्टका साथीहरुले सुरुमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । त्यहाँबाट यो विषय प्रहरीसम्म पुगेको थियो ।
राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएका थियो ।
तर पठाओसहितका केही राइड सेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल केही महिनाअघि पुनस् सञ्चालनमा आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया