मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दक्षिणासहित बिदाइ भए डोलेश्वर आएका साधुसन्त

भक्तपुर – महाशिवरात्रि पर्वका लागि केदारनाथको शिर मानिने डोलेश्वर महादेवको मन्दिरमा नेपाल र भारतका विभिन्न ठाउँबाट आएका साधुसन्त एवं नागाबाबालाई दक्षिणासहित बिदाई गरिएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथ विकास समितिले साधुसन्तलाई ‘क’ र ‘ख’ वर्गमा विभाजन गरी दक्षिणा दिएर आज बिदाई गरेको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए।

समितिले ‘क वर्गका १३० जना साधुसन्त एवं बाबाहरुलाई दक्षिणस्वरुप रु एक हजार दुई सय पाँच र ‘ख’ वर्गका साधुसन्त एवं बाबाहरुलाई रु आठ सय पाँचका साथै एक-एक थान धोती र कम्बल पनि दिइएको जनाएको छ ।

महाशिवरात्रिका लागि एक साता अगाडिदेखि डोलेश्वर मन्दिर आएका साधुसन्त र बाबाहरुलाई मन्दिर परिसरमै खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरिएको थियो । महाशिवरात्रिका दिन सो मन्दिरमा ६० हजार दर्शनार्थीले दर्शन गरेको जानकारी दिँदै उनले मन्दिरमा जम्मा भएको भेटी भने केही दिनमा सार्वजनिक गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?