मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

काठमाडौँ – हङकङमा भएको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । तर पहिलो पारीको आठौँ ओभरमा चलिरहँदा पानी परेपछि खेल रोकिएको हो ।

हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसअघि पाँच ओभर पूरा हुँदा पनि वर्षाका कारण खेल प्रभावित भएको थियो । हङकङका लागि अंशुमन रथले ३६ र बाबर हायत तीन रन बनाएका थिए । हङकङका लागि निजाकान्त खानले २५ रन बनाए ।

नेपालका लागि करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए । शनिबार भएको नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । अब नेपालले यहि फागुन २९ गते पपुवा न्यूगिनसँग प्रतिष्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?