मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आमिर खानले किन गर्दैनन् ‘पठान’ जस्ता फिल्ममा काम? यस्तो छ कारण

काठमाडौँ– बलिउडका दिग्गज अभिनेता आमिर खानलाई मिस्टर परफेक्टनिस्ट पनि भनिन्छ । आजको मितिसम्ममा उनको फिल्म ‘दंगल’ लाई सबैभन्दा बढी कमाइ गर्ने फिल्म हो ।

पछिल्लो केही वर्षयता भने उनका फिल्मले खासै कमालको कमाइ गर्न सकेका छैनन् । यसैबीच आमिरसँग उनका एक फ्यानले प्रश्न सोधेका थिए ।

वास्तवमा आमिर खानले लाइभमा आएर किरण रावको निर्देशनमा बनेको फिल्म ‘लापत्ता लेडिज’ को प्रचार गरिरहेका थिए । सो क्रममा एक फ्यानले उनलाई शाहरुख खानको ‘पठान’ जस्तो फिल्म किन बनाउनुहुन्न भनेर सोधे ।

उनको उत्तरमा आमिरले भने, ‘यार, शाहरुख खानले बनाइरहेका छन् नि पठानजस्तो फिल्म, मैले त लापत्ता लेडिज बनाइरहेको छु, तपाईँ त्यो फिल्म हेर्नुहोस् ।’

आमिर खानका अब लगातार दुई फिल्म रिलिज हुँदैछन् । भारतीय मिडियालाई दिएको एक अन्तर्वार्तामा उनले सन् २०२४ मा दुई फिल्म रिलिज हुने बताएका थिए । त्यसमध्ये एक फिल्मको नाम ‘टाइम मेसिन’ हो भने अर्को फिल्मको नाम एक कलाकारको बायोपिकमा आधारित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?