मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

यी हुन् शान्ति कायम भएका विश्वका उत्कृष्ट दश देश, नेपाल कति पछाडि?

काठमाडौँ– युरोपेली देश आइसल्याण्ड शान्तिपूर्ण देशको पहिलो सूचीमा परेको छ । ग्लोबल पिस इन्डेक्सका अनुसार यो देश विश्वमै सबैभन्दा बढी शान्ति कायम भएका देशहरुमध्ये सबैभन्दा अगाडि छ ।

यस्तै आइसल्याण्डपछि डेनमार्क दोस्रो नम्बरमा परेको छ । यो देशमा पनि हिंसाका घटनाहरु निकै कम मात्रामा भएको पाइएको छ ।

ग्लोबल पिस इन्डेक्सका अनुसार आएरल्याण्ड तेस्रो नम्बरमा रहेको छ भने न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ । त्यस्तै पाँचौ स्थानमा अस्ट्रिया रहेको छ ।

विश्वभर अशान्ति छाइरहेका बेला यी देशमा भने हिंसाका घटनाहरु निकै कम हुने गरेको पाइएको छ ।

यस्तै छैठौँ नम्बरमा सिंगापुर, सातौँमा पोर्चुगल, आठौँमा स्लोभानिया, नवौँमा जापान र दशौँ नम्बरमा स्वीजरल्याण्ड रहेका छन् ।

नेपाल भने यो सूचीको ७९ औँ नम्बरमा अटाएको छ । त्यस्तै छिमेकी मुलुक चीन ८० औँ नम्बरमा परेको छ ।

भारत भने यो सूचीमा १ सय २६ नम्बरमा परेको छ । दुई छिमेकी मुलुकका तुलनामा नेपाल शान्तिपूर्ण देशका रुपमा सूचीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?