मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महाशिवरात्रि

महाशिवरात्रि पर्व: पाशुपत क्षेत्रमा साधुहरू के गर्दैछन्? (फोटो फिचर)

काठमाडौँ– आज महाशिवरात्रि पर्व भगवान शिवको विधिपूर्वक पूजा आराधना गरी नेपालभर मनाइँदै छ । पर्वका अवसरमा देशभरका शिवालयमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको भीड लागेको छ । काठमाडौँको पशुपतिनाथ क्षेत्रमा गए रातिदेखि नै पशुपतिमा भीड लागेको हो ।

भक्तजनको सहजताका लागि पशुपतिनाथका चारवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकपटकमा १० जना सम्मले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधु, सन्त र तीर्थयात्री हजारौँको सङ्ख्यामा आएका छन् । भारतबाट समेत साधु, सन्तहरू आएका छन् ।

पशुपति क्षेत्रमा साधुहरूले त्यहाँ उपस्थित दर्शनार्थीलाई आर्शीवाद दिने र टीका लगाइदिने गरिरहेका छन् । पशुपति क्षेत्रमा आज (शुक्रवार) साधुहरूको पनि बाक्लो उपस्थिति छ ।

तस्वीरहरू: चिरायु शाक्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?