मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज जन्मदिन मनाउँदै दीपिका,मोडलिङबाट कसरी बनिन् ‘बलिउड स्टार’ ?

बलिउडका अभिनयमा उत्कृष्ट अभिनेत्रीमध्येकी एक दीपिका पादुकोण आज आफ्नो जन्मदिन मनाउँदै छिन् । आफ्नो अभिनय क्षमताका कारण हलिउड फिल्मसम्मको यात्रा गरेकी दीपिका छुट्टै उचाइ हासिल गरेकी हुन् । आउनुहोस् ‘फिल्म ओम शान्ती ओम’मार्फत सिनेमा नगरीमा यात्रा अघि बढाएकी उनै दीपिकासँग जोडिएका केही खास प्रसङ्ग जानौँ उनैको जन्मदिनमा 

दीपिकाको जन्म 
उनको जन्म सन् १९८६ जनवरी ५ मा डेनमार्कको राजधानी कोपनहेगनमा भएको थियो । उनका पिता प्रकाश पादुकोण प्रख्यात व्याडमिन्टन खेलाडी थिए भने माता उज्जला पादुकोण ट्राभल एजेन्ट थिइन ।

दीपिकाले ९ बर्षको उमेरमा नै मोडलिङ सुरु गरिन् भने विज्ञापनहरुको हिस्सा बनिन । मिडिया रिपोर्टहरूका अनुसार मोडलिङमा करियर बनाउनका लागि उनले पढाई नै छोडिन ।

पछि अभिनय क्षेत्रमा कदम राखेकी उनले २००७ मा फराह खान निर्देशित ‘ओम शान्ती ओम फिल्म’ मार्फत सिनेमा नगरीमा यात्रा सुरु गरिन ।

यो चलचित्रमा उनलाई शाहरुख खानको ‘अपोजिट’ काम गर्ने अवसर मिल्यो । जसले उनलाई रातारात ‘स्टार’ बनाइदियो भने त्यसपछि उनले फर्केर हेर्नु परेको छैन । 

दीपिकाले ओम शान्ती ओम पछि ‘पठान’,’जवान’,’ये जवानी है दिवानी’,’चेन्नई एक्सप्रेस’,’बाजीराव मस्तानी’,’पद्मावत’ जस्ता सुपरहिट फिल्म दिएकी छन् ।

कति छ उनको कमाई ?

दीपिका फिल्ममा अभिनय बाहेक फिल्म प्रोडक्सन,ब्राण्ड एन्डोर्समेन्ट तथा कयौँ कम्पनीको विज्ञापनमार्फत मोटो रकम कमाई गर्दै आएकी छिन ।

फिल्म प्रोडक्सनका सवालमा रणविर स्टारर स्पोर्ट्स ड्रामा ‘८३’ र आफ्नै अभिनय रहेको ‘छपाक’ फिल्म निर्माण गरिन । मिडिया रिपोर्टहरूका अनुसार उनको कुल कमाई करिब ५०० करोड रुपैयाँ छ । 

दीपिकाको लाईफ स्टाइल

दीपिका पादुकोण विलासी जीवन जिउँछिन् । उनीसँग आफ्नै घर छ भने महँगा अघि र विलासी कारको शानदार कलेक्सन छ । उनीसँग अहिले ‘मर्सिडिज मेब्याक एस ६५०’ सहित अरू महँगा कार छन् ।

यति मात्र नभएर उनीसँग ब्यूमोन्ड टावरमा एक आलिशान घर पनि छ । ४ बीएचके यो अपार्टमेन्ट २७७६ बर्गफुटको छ । यसको दाम १६ करोड भारतीय रुपैयाँ रहेको बताइन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?