मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी नायिका जसले गोविन्दाकै कारण छोडेकी थिइन फिल्मको अफर

काठमाडौँ – बलिउड स्टार गोविन्दाले आफ्नो करियरमा एकपछि अर्को कयौँ फिल्म दिएका छन् । जसमध्ये केही हिट भए भने ज्यादा नराम्ररी डुबेका छन् ।

तर सन् १९८६ मा आएको फिल्मले भने उनको भाग्य चम्काइदियो । यो स्टारर फिल्म थियो भने एकसाथ शत्रुधन सिन्हा,शशि कपुर,निलम कोठारीलगायतका कलाकार एकसाथ देखिएका थिए ।

यसका निर्माता पहलाज निहलानी थिए । हो यो फिल्म थियो ‘इल्जाम’ । जसमा गोविन्दाले अजयकुमारको भूमिका निभाएका थिए । यद्यपि उनी निर्देशकको पहिलो रोजाई थिएनन् ।

यसका लागि पहिले मिथुन चक्रवर्तीलाई अप्रोच गरिएको थियो । उनले नमानेपछि गोविन्दा यसका लागि छानिएका थिए ।

यसमा अर्को रोचक पक्ष के छ भने फिल्ममा निर्देशक गोविन्दा र माधुरी दीक्षितको जोडी बनाउन चाहन्थे । तर गोविन्दाको नाम सुन्नासाथ माधुरीले फिल्मको अफर अस्वीकार गरेकी थिइन ।

यो फिल्म पछि धेरै सफल रह्यो । १ करोड ४० लाखमा बनेको यो फिल्मले ४ करोडको कमाई गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?