मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अल्लु अर्जुनको फिल्म पुष्पा २ मा सञ्जय दत्तको इन्ट्री

काठमाडौँ – अल्लु अर्जुनको फिल्म पुष्पा २ मा अभिनेता सञ्जय दत्तको इन्ट्री भएको छ । फिल्ममा अल्लु अर्जुनसँग रश्मिका मन्दाना मुख्य भूमिकामा देखिनेछिन् ।

यो फिल्मको क्रेज यति बढेको छ कि अब यसमा बलिउड सुपरस्टारको प्रवेश हुन लागेको खबर बाहिर आएको हो । निर्माताहरूले यी बलिउड स्टारलाई समावेश गर्ने योजना बनाएका छन् । स्रोतका अनुसार बलिउडका सञ्जु बाबा पुष्प २ मा देखिदैछन् ।

रिपोर्ट अनुसार सञ्जय दत्त पुष्पा २ मा केमियो गर्न लागेका हुन् । सञ्जय दत्तको चरित्र एक प्रभावशाली व्यक्तिको हुनेछ । जसले फिल्मको कथा रेखामा नयाँ तह थप्नेछ। तर, निर्माताले सञ्जय दत्तको क्यारेक्टरको बारेमा आधिकारिक जानकारी भने दिएका छैनन् ।

रिपोर्ट अनुसार एक महिना अघि पुष्पाका निर्देशक सुकुमारले फिल्ममा बलिउडका ठूला स्टारलाई समावेश गर्ने निर्णय गरेका थिए । यो रिपोर्टपछि पुष्पा २ का लागि मनोज बाजपेयीलाई अप्रोच गरिएको बताइएको छ । तर, पछि मनोज बाजपेयी आफैले यो खबरलाई गलत घोषणा गरेका थिए ।

पुष्पा द राइस २०२१ मा रिलिज भएको थियो। यो फिल्म निर्देशक सुकुमार आफैले लेखेका हुन् । यो फिल्म ब्लकबस्टर साबित भयो र बक्स अफिसमा लामो समयसम्म चल्यो। अहिले यसको दोस्रो भागको तयारी भइरहेको छ । पुष्प २ को रिलिज मिति पनि सार्वजनिक भएको छ । यो फिल्म १५ अगस्ट २०२४ मा रिलिज हुनेछ।

पुष्पा २ मा अल्लु अर्जुनको लुक सार्वजनिक भएको छ । जसमा उनी सारी लगाएर अनुहारमा नीलो-रातो रङ लगाएकी देखिएका थिए। पुष्पा २ मा फहद फासिलको लुक पनि सार्वजनिक भएको छ । अहिले फ्यानहरू रश्मिका मन्दानाको लुकको प्रतिक्षामा छन् । फिल्ममा रश्मिका कस्तो देखिने छिन् फ्यानहरू हेर्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?