काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्यले कीर्तिमान राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिले सम्मकै उच्च मूल्य हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला १४४५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया