काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अङ्गुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २००, नेपाली सुन्तला १६०, एभोकाडो ५०० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५०, भारतीय ठूलो गोलभेँडा ६०, अदुवा २००, रातो आलु ३२ र रातो भारतीय आलु ३४ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, लौका ६०, कागती २२०, लोकल काँक्रो ११०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी १५० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ र टाटे सिमी १०० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ५० रुपैयाँमा खरिदबिक्री हुँदै छ ।
त्यस्तै तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालुङ्गो, मेथी, सौफको साग ९० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, हरियो प्याज ७० र पुदिना २५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २२०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भन्टा ६०, भिण्डी १०० र हरियो धनियाँ ६० रुपैयाँ पाइने समितिले जनाएको छ ।
उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३५० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया