काठमाडौं- हरेक दिन बिहान खाली पेटमा सुकुमेल खाँदा थुप्रै समस्याबाट राहत पाइन्छ । सुकुमेलमा धेरै किसिमका फाइदाजनक तत्व हुन्छन् । आज हामी तपाईलाई बिहान खाली पेटमा सुकुमेल सेवन गर्दा के– कस्ता फाइदा हुन्छन् भनेर जानकारी दिनेछौँ ।
खाली पेटमा सुकुमेल खाँदा कयौं समस्याबाट राहत पाउन सकिन्छ । यसका लागि बिहान खाली पेटमा दुई वा तीन वटा सुकुमेल चपाएर खान सक्नुहुन्छ । त्यसपछि एक गिलास तातो पानी पिउनुहोस् । खाली पेट सुकुमेल खाँदा पेट स्वस्थ राख्न सहयोग पुग्छ । साथमा यसले एसिडिटी र अपच जस्ता समस्या पनि कम हुन्छन् ।
दैनिक खाली पेट दुई वा तीन वटा सुकमेल चपाउँदा भोक नलाग्ने समस्या पनि कम हुन्छ । साथमा शारीरिक कमजोरी पनि हट्छ । कोलोरेक्टल र क्यान्सर रोकथाम गर्छ । मुटुको रक्षा गर्छ ।
सुकुमेलको सेवनले डिप्रेसन हटाउन सहयोग गर्छ । ग्यास्ट्रोइन्टेस्टाइनल रोग रोकथाम गर्छ । यसमा पीडा नाशक तत्व पनि पाइन्छ । घाँटी सुकेको र बान्तामा पनि सुकुमेल उपयोगी हुन्छ । यसले पिसाबसम्बन्धी समस्या समाधान गर्छ ।
बिहान खाली पेट तातो पानीसँग सुकुमेल खानाले कपाललाई पनि फाइदा पुग्छ । सुकुमेलमा भरपूर मात्रामा पोटासियम र फाइबर हुन्छ । यसले रक्तसञ्चारलाई राम्रो बनाउँछ ।
यसमा एन्टी ब्याक्टेरियल गुण पाइने भएकाले घाँटी दुखेको वा रुघाखोकीमा पनि राम्रो काम गर्छ । यसले नपुसकता, र यौन समस्याहरु पनि निमूल गराउँछ ।
कहाँ पाइन्छ सुकुमेल ?
यो खासगरी भारत, नेपाल र भुटानमा प्रमुख मसलाका रुपमा खाइन्छ । भारत, चीन, भुटान, भियतनाम, मलेसिया, कोरिया र जापानका उष्ण सुकुमेल क्षेत्रमा पाइन्छ ।
यसलाई मसलाको रानी भनिन्छ, जो मुल्यका हिसाबले तेस्रो महंगो मसला मानिन्छ ।
१ सय ग्राम सुकुमेलमा इनर्जी ३ सय क्यालोरी, कार्बोहाइड्रेट छ८ ग्राम, प्रोटिन ११ ग्राम, फाइबर २८ ग्राम पाइन्छ भने कोलेस्टेरोलको मात्रा शून्य हुन्छ । यो भिटामिन र सुक्ष्मपोषक तत्वले भरपूर हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया