मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन खराब चरित्रमा अभिनय गर्न रुचाउँछन् हरिवंश आचार्य?

काठमाडौँ– कलाकार हरिवंश आचार्य भन्नबित्तिकै उनीसँग जोडिएर आउने नाम हो, मदनकृष्ण श्रेष्ठ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी पर्दामा देखिन्छ । त्यसमा मदनकृष्ण श्रेष्ठले भद्र भलाद्मी चरित्र निर्वाह गरेका हुन्छन् भने हरिवंश आचार्य प्राय: फरक फरक भूमिकामा देखिएका हुन्छन् ।

यसअघि जोय नेपालसँगको कुराकानीमा उनले नकारात्मक चरित्रमा अभिनय गर्दा वास्तविक जीवनमा पनि गाली खानु परेको सुनाएका थिए । उनले टेलिफिल्म ‘लक्ष्मी’ मा निभाएको नकारात्मक भूमिकाले दर्शकलाई पारेको प्रभावका बारेमा पनि बताएका थिए ।

एकपटक शूटिङका क्रममा एक महिला उनलाई कुट्न आएकोउनले बताएका थिए ।

उनले भनेका थिए, ‘हामी ट्रक ड्राइभर फिल्मको शूटिङका क्रममा गुहेश्वरीमा थियौँ, त्यहाँ एकजना महिलाले मलाई ढुङ्गाले हिर्काउनुभयो, अभिनेता शिव श्रेष्ठले मलाई जोगाउँदै अलिक पर लैजानुभयो ।’

‘मलाई किन हिर्काउनुभएको?’ भनेर सोध्दा महिलाले नेवारी भाषामा ‘तँ बोल्न नसक्ने महिलालाई दुःख दिने नराम्रो मान्छे होस्, त्यसैले ढुङ्गाले हिर्काएको ।’ भनेर जवाफ दिएकी थिइन् ।

आफूले नकारात्मक भूमिकामा अभिनय गर्दा गाली खाए पनि यस्ता भूमिकामा अभिनय गर्न पनि आफूलाई रहर लाग्ने गरेको उनले सुनाए ।

आइतवार राजधानीमा आयोजित ‘महाजात्रा’ को ट्रेलर रिलिज कार्यक्रममा आफूलाई नकारात्मक भूमिकामा अभिनय गर्न मन लागेको बताए । उनले हिटलर जस्तो नकारात्मक भूमिकामा काम गर्न मन लागेको पनि बताए ।

उनको बुझाइमा कलाकारले सधै एकै खालको भूमिकामा अभिनय गर्नु हुँदैन । सधै सकारात्मक भूमिकामा मात्र अभिनय गर्न नहुने उनको बुझाइ छ ।

‘मैले ‘महापुरुष’मा आदर्श व्यक्तिको भूमिका निभाएको थिएँ भनेर सधैं त्यहीँ शैलीमा हिँडेँ भने मेरो ‘डाउनफल’ हुन्छ,’ उनले भने ।

हरिवंश आचार्य फिल्म ‘महाजात्रा’ मा एक भ्रष्ट नेताको भूमिकामा देखिएका छन् । यो फिल्ममा उनले नकारात्मक भूमिका निर्वाह गरेका छन् । फिल्म चैत्र ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?