मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँमा आज बेलुकासम्म वर्षा हुने सम्भावना

काठमाडौँ – काठमाडौँसहित देशका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ । हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

काठमाडौँमा आइतबार बेलुकासम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बर्षा निरन्तर नभएर केही बेर रोकिने, फेरि पर्नेछ । आज बिहान पनि हल्का बर्षा भएर रोकिएको थियो ।

काठमाडौँमा अहिले मेघगर्जनसहित हल्का वर्षा भएको महाशाखाले बुलेटिन मार्फत जनाएको छ । काठमाडौँमा आइतबार बेलुकादेखि पानी पर्न कम भएपनि बादल भने लाग्ने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा अहिले हिमपात समेत भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावका कारण बदली, वर्षा र हिमपात भएको हो । देशभरको मौसममा सोमबारदेखि क्रमिक रूपमा सुधार हुने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?