मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाना खाएको कति समयपछि पानी पिउने ?

पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ । पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानिको निर्धारण गर्दछ ।

हाम्रो शरीरको तीन भाग पानीले बनेको हुन्छ । पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ । 

तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ । प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ । हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरू बताउँछन्।

तर पानी कति बेला र कति खाने त्यो भने जान्नुपर्दछ । चिकित्सकका अनुसार खाना खाने क्रममा पानी पिउनु हुँदैन । यसो गर्नाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ। जून मानिसले खाना खाएपछि तत्काल पानी पिउँछ, उसलाई विभिन्न समस्या हुन सक्छ ।

खाना खाएको कति समयपछि पानी पिउने ?

स्वास्थ्य विशेषज्ञका अनुसार खाना पचाउन करिब २ घण्टाको अवधि लाग्छ । यहीबीच पानी पिउनुको असर पाचन प्रक्रियामा पर्छ । त्यसैले खाना खाएको करिब ४५ देखि ६० मिनेटपछि मात्र पानी पिउनु पर्छ र खाना खानु आधा घण्टा पहिले पानी पिउनु पर्छ ।    

सही समयमा पानी पिउनुका फाइदा :

– खाना खाएको एक घण्टापछि पानी पिउनाले वजन नियन्त्रण हुन्छ ।

– सही समयमा पानी पिउनाले पाचन राम्रो हुन्छ, पाचन तन्त्र बलियो हुन्छ ।

– पेटमा ग्यास र एसिडिटीको समस्या हुँदैन ।

– शरीरले भोजनमा समावेश पोषक तत्व राम्रोसँग अवशोषित गर्छ ।

– सही समयमा पानी पिउनाले राम्रो निद्रा लाग्न पनि सहयोग पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?