मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेदरल्याण्डसले दियो नामिबियालाई २४८ रनको लक्ष्य

काठमाडौँ – नेदरल्याण्डसले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै नेदरल्याण्डसले २० ओभरमा ५ विकेट गुमाउदै २४७ रन बनाएको हो ।

नेदरल्याण्डसका लागि माइकल लेभिटले सर्बाधिक १३५ रन बनाएका थिए । लेभिटले ६२ बलमा १३५ रन बनाएका थिए । दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका लेभिटले शतक बनाएका हुन् । उनले पहिलो खेलमा नेपालविरुद्ध ५४ रनको अर्धशतकीय पारी खेलेका थिए ।

त्यसैगरी सिब्राण्ड एंगेलब्रेचटले ७५ रन बनाएका थिए भने तेजा निडामानुरुले १८ रन बनाएका थिए । त्यसैगरी नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले २ विकेट लिएका थिए भने बेन शिकोंगो र जान फ्राइलिंकले एक एक विकेट लिएका थिए ।

नेदरल्याण्डसले टियु क्रिकेट मैदानमा टी-२० खेलमा बनाएको यो अहिलेसम्मकै धेरै रन हो । नेदरल्याण्डसले यसअघि २०२१ मा नेपालले आफुविरुद्ध बनाएको २३८ रनको किर्तिमान तोडेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?