मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्ममा डेब्यू गर्दै दिलिप रायमाझीकी छोरी दिव्या

काठमाडौँ – यति बेला अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्मी दुनियाँमा पाइला चाल्ने तयारीमा छिन् । उनले फिल्म‘एक्टर’ बाट फिल्ममा डेब्यू गर्न लागेकी हुन्। 

बिहीबार निर्माण टिम र उनका आमाबुबा औपचारिक सम्झौता भएको छ।  निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्म कात्तिक १५ गतेदेखि प्रदर्शन हुने बताएको यो फिल्म वैशाख पहिलो साताबाट फ्लोरमा जाने छ । 

अमेरिकामा अध्ययनरत रहेकी दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि यो फिल्ममा काम गर्न राजी भएको बताएकी छन्। दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदैछिन्।

यसअघि फिल्ममा प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला अनुबन्धित भइसकेका छन्। राजन भुषालले निर्देशन गर्न लागेको फिल्ममा थमनकुमार भण्डारीको लगानी रहनेछ।

फिल्मलाई नरेन्द्र मैनालीले छायाङ्कन गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?