काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बुधबार साेहि मूल्य कायम रहेको थियो । यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख १७ हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको थियो ।
बिहीबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ कायम रहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया