मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज २०८० साल फागुन १७ गते बिहिबारको राशिफल

काठमाडौं– आज २०८० साल फागुन १७ गते बिहिबार। तद्अनुसार सन् २०२४ फेब्रुअरी २९ तारिख । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।

सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश :

मेष : दिन सामान्य छ। मानसम्मान मिल्नेछ। प्रेम बढ्नेछ। आफन्तले भन्दा अरुले सहयोग गर्नेछन्।

वृष : दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। बोलीकै कारण साथीभाइ टाढिने सम्भावना छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

मिथुन : साथीभाइबाट सहयोग प्राप्त हुनेछ। प्रेममा सफलता मिल्ने छ। शिक्षाको क्षेत्रमा सोचेका काम बन्नेछन्।

कर्कट : दिन राम्रो छ। अधुरा काम पूरा हुनेछन्। सम्पत्ति कसैले लगेको भए फिर्ता हुनेछ। उत्तरतिरको यात्रा नगरेको राम्रो हुन्छ।

सिंह : शिक्षामा प्रगति हुनेछ। धार्मिक क्षेत्रको भेगघाटले खुसी मिल्नेछ।

कन्या : आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यमा राम्रो नतिजा मिल्नेछ। आफ्नो तर्कमा अडिएर भएर लागेमा काममा सफलता मिल्नेछ। पुराना मित्रसँग भेट हुनेछ।

तुला : मनमा खुसी मिल्नेछ। बोल्दा ख्याल गर्नुहोला।

वृश्चिक : स्वास्थ्यमा समस्या हुनेछ। पराक्रम बढ्नेछ। प्रेम बढ्नेछ। प्रतिस्पर्धीसँग सचेत हुनुपर्नेछ।

धनु : झुठा आरोप लाग्नसक्छ। आफ्नो दैनिकीमा अब्बल ठहरिनुहुनेछ।

मकर : चामत्कारिक दिन छ। सानो कुरामा हात नलगाउनुहोला। पठनपाठनमा आलश्यता बड्नेछ।

कुम्भ : आम्दानी बढ्नेछ। मनमा अशान्ति मिल्नेछ। धोका हुने सम्भावना छ।

मीन : दाम्पत्य जीवन सुखमय बन्नेछ। सकारात्मक उर्जा बढ्नेछ। खर्च बढ्नेछ। व्यवसायमा फाइदा हुनेछ। उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?