सुन्दर र आकर्षक देखिने सबैको चाहना हुन्छ । तर यो चाहाना एका–दुईको मात्र पुरा हुन्छ । अनुहारमा क्रिम लगाउँदैमा व्यक्ति राम्रो भएको महसुस गर्ने गर्छन् । तर फरक र आकर्षक देखिनका लागी अन्य तरिकाहरू पनि अपनाउनुपर्ने हुन्छ ।
सही किसिमको खानपानले शरीरलाई स्वस्थ राख्नका साथै सुन्दर देखिनमा पनि उतिकै मद्दत गर्दछ । केही खानेकुराहरूले छालालाई स्वस्थ्य राख्नुका साथै जवान देखाउन पनि सहयोग गर्छ ।
अनुहार सुन्दर बनाउन र सधैँ जवान बनाउनको लागी यस्ता खानेकुराहरूको सेवन गर्नुपर्दछ ।
बदाम,ओखर
राति सुत्नुअघि पाँच वटा बदाम, एक ओखर र सूर्यमुखीको दाना भिजाउनुहोस्। र बिहान सबैभन्दा पहिले यी चिजहरूकै सेवन गर्नुहोस् । तपाईँको स्वास्थ्यको साथसाथै, यो तपाईँको छालाको लागि पनि लाभदायक साबित हुन सक्छ ।
व्यायाम
तपाईँले आफ्नो दिनचर्यामा व्यायाम समावेश गर्नुपर्छ । यसो गर्नाले तपाईँको शरीर तन्दुरुस्त रहन्छ र तपाईँलाई धेरै रोगबाट बचाउन पनि मद्दत गर्न सक्छ ।
मोबाइल तथा ग्याजेट
राति सुत्नुअघि मोबाइल र ग्याजेटहरूबाट टाढा रहनुहोस्, यसले तपाईँको निद्रामा बाधा पुर्याउन सक्छ । त्यसैले सुत्दा तिनीहरूलाई आफूबाट टाढा राख्नुहोस्।
मोइस्चराइजर
आफ्नो छालाको हेरचाहलाई दिनचर्यामा समावेश गर्नुहोस्। पर्याप्त मात्रामा पानी पिउनुहोस्। राति सुत्नुअघि छालालाई राम्ररी सफा गर्नुहोस् । मोइस्चराइजर वा सीरम लगाएर सुत्ने गर्नुहोस् ।
रातो र सुन्तला रङका तरकारी तथा फलफूल
रातो र सुन्तला रङका तरकारी तथा फलफूलको सेवन गर्नुपर्दछ । खरबुजा, स्ट्रबेरी, गोलभेँडा, रातो, पहेँलो क्याप्सिकम लगायतका फलफूल र सागसब्जी लाइकोपिन नामको एक प्राकृतिक तत्त्वले भरिपूर्ण हुन्छ । जसको सेवनले हामीलाई जवान देखिन मद्दत पुग्छ ।
माछा
यदि तपाईँ मांसाहारी हुनुहुन्छ भने हप्तामा दुई पटक सेल्मन, मेकेरल र सार्डिन जस्ता माछालाई आफ्ना खानामा समावेश गर्नुहोस् । किनभने यसमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छ । यो ओमेगा थ्री फ्याटी एसिड मुटुका लागि निकै स्वस्थबर्धक हुन्छ ।
जैतुनको तेल
चिकित्सकका अनुसार रिफाइन्ड वा अन्य कुनै तेलको साटो यदि खानामा जैतुनको तेल प्रयोग गरिन्छ भने यस्तो तेलले निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा हाइपरटेन्सन र मधुमेहजस्तो रोग नियन्त्रण हुन्छ ।
दही
उमेर बढेसँगै हड्डी पनि कमजोर हुन थाल्दछन् किनभने तपाईँको शरीरमा क्रमशः क्याल्सियमको कमी हुन थाल्छ । त्यसकारण यस्तो अवस्थामा क्याल्सियम हुने खानेकुराहरु दूध, दही, पनिर आदिको सेवन गर्नुहोस् ।
ब्रोकाउली
ब्रोकाउली र हरियो पात भएका सागसब्जी भिटामिन र एन्टीअक्सिडेन्टले भरिपूर्ण हुन्छ र यसमा फाइबरको मात्रा पनि अत्यधिक हुन्छ । यी सब्जीको सलाद र अन्य कुनै रूपमा सेवन गर्नु शरीरका लागि फाइदाजनक हुन्छ । यसको सेवनले मधुमेह, क्यान्सर र मुटु रोग आदिबाट शरीरलाई टाढा राख्छ । साथै, यसले तौल पनि नियन्त्रण गर्छ ।
पानी
जति–जति तपाईँको उमेर बढ्छ, तपाईँको शरीरमा त्यति नै पानीको कमी हुन थाल्छ । साथै तपाईँको प्यास पनि मेटिन थाल्छ । तसर्थ तपाईँ कम पानी पिउन थाल्नुहुन्छ ।
बदाम, काजु, ओखर, किसमिस
सबै प्रकारका नट्सले तपाईँको छालालाई जवान बनाइराख्छ । बदाम, ओखर, काजु, किसमिस, पिस्ताजस्ता नट्समा बुढ्यौली कम गर्ने शक्ति हुन्छ । यसमा विशेष प्रकारको पोषक तत्त्व हुन्छ जसले उमेर सम्बन्धी मुटु रोग, स्ट्रोक, टाइप टु मधुमेह र कुनै क्यान्सरसम्म रोक्न मद्दत गर्न सक्छ । नट्सले तपाईँको दिमागको समेत रक्षा गर्छ ।
सख्खरखण्ड
सख्खरखण्डमा भरपुर मात्रामा बिटा क्यारोटिन हुन्छ जसले तपाईँको शरीरलाई भिटामिन ए प्रदान गर्छ । यो भिटामिन स्वस्थ दृष्टि र छालाका लागि महत्त्वपूर्ण छ । यसले तपाईँको प्रतिरोधी क्षमतालाई पनि बलियो राख्छ । तपाईँले एक मध्यम सख्खर खण्डमा जति भिटामिन ए पाउनुहुन्छ त्यो पाउन तपाईँले पाकेको २३ कप ब्रोकाउली खानुपर्छ ।
मसला
यसले तपाईँको खानालाई स्वादिष्ट मात्रै बनाउने होइन, यसले तपाईँलाई स्वस्थ पनि राख्छ । वास्तवमा मसलामा एन्टिअक्सिडेन्ट हुन्छ जसले तपाईँलाई वर्षौँसम्म स्वस्थ रहन मद्दत गर्छ । उदाहरणका लागि लसनुले तपाईँको रक्त नलीलाई खुल्ला राख्न मद्दत गर्छ ।
दालचिनीले तपाईँलाई कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स (रगतमा हुने बोसो) लाई कम गर्न मद्दत गर्छ । बेसारले तपाईँलाई अवसाद र अल्जाइमर रोगबाट बचाउन सक्छ । ताजा मसलाको प्रयोग गर्नुस् तर कुनै पनि सप्लिमेन्ट लिनुभन्दा अघि डाक्टरको सल्लाह लिनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया