काठमाडौँ – राजबहादुर सानेको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘सिटामोल’को छायाङ्कन सकिएको छ ।
फिल्मको अधिकांश छायाङ्कन सिन्धुलीमा गरिएको हो भने यसका लागि २५ दिनको अवधि लागेको निर्माण पक्षले बताएको छ ।
छायाङ्कन सकिएसँगै निर्माण पक्षले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्बिर समेत सार्वजनिक गरेको छ ।
सिनेमाले माओवादी जनयुद्धको कथा उठान गरेको छ । चलचित्रमा सौगात र बेनिशासँगै लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मालगायत कलाकारको अभिनय छ ।
फिल्मले माओवादी जनयुद्धको कथा उठान गर्दा सौगात मल्ल र बेनिशा हमाल श्रीमान श्रीमतीका रूपमा देखिएका छन् । सौगात जनयुद्धको घाइतेका रूपमा प्रस्तुत भएको यो फिल्म आगामी तीजमा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी छ ।
चलचित्रको कथा निर्देशक स्वयंले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया