मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आगामी वैशाखमा रामेछापमा नेपाल ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण हुने

काठमाडौं – आगामी वैशाखमा नेपाल ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ। महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन्।

महोत्सवमा सहभागीता जनाउन चाहनेहरूको लागि दर्ता पनि खुला गरिएको छ । महोत्सव अध्यक्ष रघुनाथ सापकोटाका अनुसार सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने छ।

महोत्सव पहिलो वर्ष गोरखा जिल्लाको लाप्राकमा र दोस्रो वर्ष काभ्रे जिल्लाको भकुन्डेबेसीमा सम्पन्न भएको थियो। तेस्रो संस्करणको जागरूक युवा क्लब रामेछापले स्थानीय व्यवस्थापन गर्नेछ भने कार्यक्रम संयोजक फिल्म निर्देशक कमल एक्चै मगर रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?