मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शुरु भयो फिल्म ‘पिताम्बर’ को छायांकन

काठमाडौँ– फिल्म ‘पिताम्बर’ को छायांकन शुरु भएको छ । आज (शुक्रवार) देखि नवलपरासीबाट फिल्मको छायांकन थालिएको हो ।

फिल्मको छायांकन नवलपरासीका केही भागमा हुनेछ निर्माण टिमले जनाएको छ । कृषा चौलागाईंको निर्देशनमा तयार बन्न लागेको यो फिल्ममा पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

प्रदीप भारद्वाजले लेखेको यो फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, सुरक्षा पन्त, अनुपविक्रम शाही, दिव्य देव लगायतका कलाकारको अभिनय रहनेछ ।

विशाल चौलागाईंको लगानी रहने यो फिल्म एक्सन प्रधान रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?