मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

फ्राइडे रिलिज: आजदेखि ‘गोर्खा वारियर’ प्रदर्शनमा, कस्तो छ फिल्म?

काठमाडौँ– आज (शुक्रवार) देखि फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनमा आएको छ । यसअघि बेलायतसहित नेपालका विभिन्न शहरमा ग्राण्ड प्रिमियर गरिएको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

एक्सन जनरामा निर्माण गरिएको यो फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आले लगायतका कलाकारको अभिनय रहेको छ । गोर्खाली सैनिकको वीरताको गाथा समेटिएको यो फिल्मले युद्धमा लड्न जाने नेपाली युवाको कथा र त्यसले परिवारमा पारेको प्रभावलाई पस्केको छ ।

निर्देशक मिलन चाम्सका अनुसार यो फिल्ममा काल्पनिकभन्दा पनि वास्तविक गोर्खाली सैनिकको कथालाई पर्दामा उतारिएको छ । फिल्ममा सन् १९४९ सालको कथा प्रस्तुत गरिएको छ ।

कस्तो छ फिल्म?

यो फिल्ममा पुरानो नेपाली परम्परा, तत्कालीन समाज र गोर्खाली सैनिक युद्धमा होमिरहेका बेला परिवारमा आउने विचलनलाई पृथक तरिकाले प्रस्तुत गरिएको छ । फिल्ममा रितेश चाम्सले शीर्ष भूमिकामा अभिनय गरेका छन् । उनको अभिनयमा दम छ ।

यस्तै पहाडी जीवनको परिवेश, तत्कालीन समयमा बाँच्नुपर्ने दुःखद जीवनशैलीलाई पनि फिल्ममा समावेश गरिएको छ ।

त्यतिबेला अहिलेको जस्तो इन्टरनेट सुविधा नहुँदा मानवीय जीवनशैली कस्तो थियो भन्ने फिल्ममा प्रस्तुत गरिएको छ । निर्देशक मिलन चाम्सले शायद पहिलोपटक यो तहको फिल्म निर्देशन गरेका छन् । उनका यसअघिका फिल्मका तुलनामा यो फिल्म अब्बल छ ।

छोटो भूमिकामा देखिए पनि अभिनेता विजय लामाको अभिनयमा दम छ । फिल्मको कथा भने केही सुस्त गतिमा अगाडि बढिरहेको हो कि भन्ने लाग्छ । यद्यपि कलाकारहरुको अभिनयमा खोट लगाउने ठाउँ छैन ।

फिल्म हेरिरहँदा गोर्खाली सैनिकको कथा नभएर नेपालमा भएको माओवादी र सेनाको युद्ध हो कि भन्ने आभास हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?