मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वाफ वुमन्स च्याम्पियनसिपमा नेपालको शानदार जित

काठमाडौं – वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले शानदार सुरुवात गरेको छ । साउदी अरबमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिरियालाई ४- १ गोल अन्तरले हराएको हो ।

समूह बीको आफ्नो पहिलो खेलमा नेपालले सिरियामाथि प्रभावशाली जित दर्ता गरेको हो । जित सहित नेपालले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

खेलमा अग्रता नेपालले १० औं मिनेटमा अमिशा कार्कीको गोलमा लिएको थियो । त्यसको तीन मिनेटपछि अनिता बस्नेतले नेपालको अग्रता दोब्बर पारिन् ।

खेलको १९ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि तेस्रो गोल गरिन् । पहिलो हाफ सकिन तीन मिनेट अघि रानाले सिरियाका लागि एक गोल फर्काएकी थिईन् ।

दोस्रो हाफको ६९ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई ४–१ को शानदार जित दिलाईन् । प्रतियोगितामा नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा सिरिया सहित प्यालेस्टाइन र इराक छन् । नेपालले समूह चरणको खेलमा बिहीबार इराक र शनिबार प्यालेस्टाइनसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?