मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चन्द्रमाको अँध्यारो भागको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्दै चीन

काठमाडौँ – चन्द्रमाको अँध्यारो भागको अध्ययन गर्न चीनले अन्तरिक्ष यान पठाउने भएको छ । 

यसका लागि आगामी मे महिनामा चांगई–६ नामको यान प्रक्षेपण गर्ने उसको तयारी छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसका लागि हैनान प्रान्तमा रहेको वेनचांग स्पेसपोर्टमा यानसँग सम्बन्धित काम भइरहेको छ ।

यो यानले चन्द्रमाको फार साइड अर्थात् सुदूर हिस्सा क्षेत्रमा पुगी नमुना लिएर धर्तीमा अवतरण गर्ने छ । यो योजना सफल भएमा चीन चन्द्रमाको भित्री भागबाट नमुना सङ्कलन गर्ने पहिलो देश बन्नेछ ।

चांगई–६ चन्द्रमाको फार साइड क्षेत्रमा रहेको ओपोलो बेसिनमा उत्रिने र त्यहाँ ५३ दिन रहने वैज्ञानिकले बताएका छन् ।

यान पठाउनु पूर्व चीनले क्युगियाओ–२ नामको नयाँ स्याटलाइट यही फेब्रुअरी वा आउँदो मार्च महिनामा प्रक्षेपण गर्ने तयारी गरेको छ ।

यो स्याटलाइटले चांगई ६ र पृथ्वीमा रहेको स्टेशनबीच सम्पर्क बनाइराख्न मद्दत पुर्‍याउने वैज्ञानिकहरुको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?