काठमाडौँ– आज नेपाली बजारमा पहेँलो धातुको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घका अनुसार बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी बुधबार १३६५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया