मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अम्बानीको रिलायन्स इन्डस्ट्रिज भारतको सबैभन्दा मूल्यवान् कम्पनी बन्यो

काठमाडाैं -भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेड हाल भारतको सबैभन्दा मूल्यवान् सूचीकृत कम्पनी बनेकाे छ । आरआईएल २० लाख करोड रुपैयाँको मार्केट क्याप पार गर्ने पहिलो सूचीबद्ध भारतीय कम्पनी हो।

यसरी रिलायन्स इन्डस्ट्रिज पनि विश्वका शीर्ष ५० सबैभन्दा मूल्यवान कम्पनीहरूमा सामेल भएको छ । बुधवार BSE मा कम्पनीको मार्केट क्याप २०,०४,४०२.२५ करोडमा बन्द भयो। कम्पनीले ५ वर्ष भन्दा कममा आफ्नो मार्केट क्यापमा १० लाख करोड रुपैयाँ थपेको छ। यति मात्र होइन, यस अवधिमा रिलायन्स इन्डस्ट्रिज (आरआईएल सेयर) को शेयर पनि उल्लेख्य वृद्धि भएको छ ।

एक्सिस बैंकको निजी बैंकिङ एकाई बर्गन्डी प्राइभेट र हुरुन इन्डियाको रिपोर्टका अनुसार रिलायन्स इन्डस्ट्रिज लगातार तेस्रो वर्ष पनि भारतको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ ।

बर्गन्डी प्राइभेट र हुरुन इन्डिया ५०० को रिपोर्टले सार्वजनिक गरेको मूल्यवान् कम्पनीको सूचिमा सबैभन्दा माथि मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्री छ । रिपोर्टका अनुसार रिलायन्सको बजार पूँजीकरण १५६ खर्ब भारु रहेको छ । रिलायन्ससँग छुट्टिएर बनेको अम्बानीको नयाँ कम्पनी जियो फाइनान्सियल सर्भिसेज सूचीको २८ औँ स्थानमा छ ।

शीर्ष ३ मूल्यवान् कम्पनीमा रिलायन्सपछि टाटा ग्रुपको टेक कम्पनी टीसीएस दोस्रो स्थानमा छ । टीसीएसको बजार पुँजीकरण १२४ खर्ब भारु छ । एचडीएफसी बैंक ११३ खर्ब भारु बजार पुँजीकरणसहित तेस्रो स्थानमा छ । हुरुनको यो सूचीअनुसार शीर्ष १० मूल्यवान् कम्पनीका बाँकी वरियतामा आईसीआईसीआई बैंक, इन्फोसिस, भारती एयरटेल, आईटीसी, लार्सन एन्ड टुब्रो, एचसीएल टेक्नोलोजिज र कोटक महिन्द्रा रहेका छन् ।

सूचीमा समाविष्ट ५०० कम्पनीले करिब ७० लाख जनालाई रोजगारी दिइरहेको छ । कम्पनीमा औसत कर्मचारी १५ हजार २११ रहेको छ । यी कम्पनीहरूको कूल बजार पुँजीकरण २ हजार ३१० खर्ब भारु पुगेको छ । एक वर्ष अघिको तुलनामा यो ५० खर्ब भारु धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?