मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज २०८३ साल वैशाख ३० गते बुधबारको राशिफल

काठमाडौँ। आज २०८३ साल वैशाख ३० गते बुधबार। जेठ कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२६ मे १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:

मेष: आज खर्चको मात्रा बढ्न सक्छ। विशेषगरी विलासिताका वस्तु वा वैदेशिक प्रयोजनका काममा धन खर्च हुने योग छ। आँखा वा खुट्टामा केही समस्या देखिन सक्छ। अनावश्यक यात्राबाट जोगिनुहोला र विवादमा नपर्नु नै बुद्धिमानी हुनेछ।

वृष: आर्थिक दृष्टिकोणले आजको दिन निकै राम्रो छ। रोकिएको धन प्राप्त हुनेछ र आम्दानीका नयाँ बाटाहरू खुल्नेछन्। दाजुभाइ वा साथीभाइको सहयोगले ठुला योजनाहरू अघि बढ्नेछन्। उपहार वा चिठ्ठा जस्ता आकस्मिक लाभको सम्भावना पनि छ।

मिथुन: कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम हुनेछ। नयाँ पद प्रतिष्ठा वा जिम्मेवारी मिल्ने योग छ। सरकारी काममा रहेका बाधाहरू हट्नेछन्। बुबा वा पितृ समान व्यक्तिको सल्लाहले व्यापारमा ठुलो फाइदा पुर्याउन सक्छ।

कर्कट: आज भाग्यले साथ दिनेछ। रोकिएका पुराना कामहरू अचानक सुचारु हुनेछन्। वैदेशिक यात्रा वा लामो दूरीको यात्राको योजना सफल हुन सक्छ। धर्म(कर्म र सामाजिक कार्यमा रुचि बढ्नेछ। विद्यार्थीहरूको लागि अध्ययनमा सफलता मिल्ने दिन छ।

सिंह: आजको दिन केही चुनौतीपूर्ण रहन सक्छ। स्वास्थ्यमा अचानक समस्या आउन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला। चोटपटकको भय रहेकाले सवारी साधन चलाउँदा सावधानी अपनाउनुस्। मानसिक तनाव कम गर्न योग वा ध्यानको सहारा लिनु राम्रो हुनेछ।

कन्या: दाम्पत्य जीवनमा मधुरता छाउनेछ। यदि व्यापारमा साझेदारी छ भने आज राम्रो लाभ मिल्नेछ। नयाँ प्रेम सम्बन्ध सुरु हुन सक्छ। विलासी वस्तुहरूको खरिद गर्ने योग छ। विपरीत लिङ्गी साथीबाट विशेष सहयोग प्राप्त हुनेछ।

तुला: शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। पुराना स्वास्थ्य समस्याहरू बिस्तारै कम हुँदै जानेछन्। अदालती मामिला वा प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ। मामाघर पक्षबाट सहयोग मिल्नेछ। काममा थोरै मेहनतले पनि राम्रो नतिजा ल्याउन सकिनेछ।

वृश्चिक: बौद्धिक र सिर्जनात्मक क्षमतामा वृद्धि हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। सेयर बजार वा सट्टापट्टामा रुचि बढ्न सक्छ, तर सोचविचार गरेर मात्र लगानी गर्नुहोला। विद्यार्थीहरूले परीक्षामा उत्कृष्ट प्रदर्शन गर्नेछन्।

धनु: आज मनमा केही चञ्चलता वा असन्तुष्टि रहन सक्छ। घरजग्गाको विषयलाई लिएर परिवारमा सामान्य विवाद हुन सक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। छाती वा फोक्सो सम्बन्धी समस्याले सताउन सक्छ, त्यसैले सावधानी अपनाउनुस्।

मकर: आज तपाईँको पराक्रम र उत्साह बढ्नेछ। छोटो दूरीको लाभदायी यात्राको योग छ। सञ्चार र लेखन क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई विशेष सफलता मिल्नेछ। दाजुभाइ र छिमेकीसँगको सम्बन्ध सुमधुर बन्नेछ। अधुरा कामहरू पूरा गर्न आज उत्तम दिन छ।

कुम्भ: आर्थिक लाभको बलियो योग छ। बोलीको प्रभावले मानिसहरूलाई आकर्षित गर्न सकिनेछ। कुटुम्ब वा परिवारमा नयाँ सदस्यको आगमन हुन सक्छ। बैंक ब्यालेन्स बढ्नेछ र पुराना लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।

मीन: तपाईँकै राशिमा चन्द्रमा रहेकाले आत्मविश्वास उच्च रहनेछ। नयाँ कामको थालनी गर्न वा महत्त्वपूर्ण निर्णय लिन आजको दिन निकै शुभ छ। सामाजिक मान(सम्मानमा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र व्यक्तित्वमा निखार आउनेछ।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?