काठमाडौं। आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर २ तारिख। द्वादशी उपरान्त त्रयोदशी तिथि। विश्व दासता उन्मुलन दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष: समय शुभ रहनेछ । दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ l साथीभाइसँग आत्मीयता बढ्नेछ।क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा विश्वास गर्दै अगाडि बढ्ने समय रहेको छ ।
बृष: स्वास्थ्य राम्रो रहनेछ । ईमान्दारितापूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।
मिथुन: चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
कर्कट: प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला
सिंह: पनि समय शुभ छ सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भए पनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । पढाई लेखाईमा अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रसङ्गमा एक अर्काबिच नजिक हुने तथा रमाउन सकिनेछ ।
कन्या: विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। परिवार तथा सन्तानबाट तपाईले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। तापनि भौतिक साधन जोड्ने समय छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ।
तुला: समय अत्यन्तै शुभ छ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ ।लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउँन सहज हुनेछ । अरुको मन आफुनिर आकर्षित गर्न सकनिेछ ।
वृश्चिक: मिहिनेतले नियमित कामबाट फाइदा उठाउन सकिनेछ। तर अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ।स्वास्थ्य सम्बन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ। शत्रु र प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला।
धनु: सामाजिक दायित्व बढ्नेछ। आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला कामहरु बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ । झै झगडा हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा अविश्वास बढ्नाले मन खिन्न हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।
मकर: स्वास्थ्य सबल रहनेछ । समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला।
कुम्भ: सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार व्यवसाय विस्तार गर्ने समय छ। आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । आज नया काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन । भौतिक साधन जोड्ने समय छ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिष्ठित व्यक्ति र साथीभाइले साथ दिनेछन्।
मीन: समय मध्यम खालको छ । आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ। जोगिएर काम लिनुहोला
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया