मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल

काठमाडौं। आज २०८२ साल मंसिर २ गते मंगलबार। मंसिर कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।

मेष: आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

वृष: रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ।

मिथुन: शुभचिन्तकहरूले साथ–सहयोग प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ। रमाइलो यात्राको साइत पनि जुर्न सक्छ।

कर्कट: प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।

सिंह: छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। मिहिनेतले राम्रो नतिजा दिलाउनेछ।

कन्या: हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ।

तुला: परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।

वृश्चित: चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले मनग्य लाभ दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।

धनु: मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। नयाँ कामको जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार पाइएला। रमाइलो जमघटको आनन्द प्राप्त हुने समय छ।

मकर: टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ।

कुम्भ: आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च हुन सक्छ।

मिन: समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?