मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सकियो ‘कुमारी’को छायांकन

काठमाडौं। दिनेश राउतको निर्देशनमा बनिरहेको चलचित्र ‘कुमारी’को छायांकन सकिएको छ।

१७ भदौदेखि सुरु भएको छायांकन औपचारिक रूपमा २९ कात्तिकमा पूरा भएको हो। छायांकन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने निर्माण टिमको भनाइ छ।

पोस्ट-प्रोडक्सनको प्रगति मूल्यांकन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक राउतले जानकारी दिए। यो चलचित्रबाट अभिषेक खड्का र आकृति राजभण्डारीले प्रमुख भूमिकामा डेब्यु गरेका छन्।

उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपि लुहार चलचित्रमा देखिनेछन्।

चलचित्रको छायांकन निर्देशन सुशन प्रजापतिले गरेका हुन्। निर्माण बिनिश इन्टरटेनमेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा गरेको हो भने निर्माता महेन्द्र अधिकारी हुन्। चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?