काठमाडौँ – महँगो पारिश्रमिक बुझ्ने दक्षिण भारतीय नायक रजनीकान्तले लिने पारिश्रमिक चर्चाकै विषय बन्छ । ७३ वर्षका यी अभिनेता पछिल्लो समय ‘लाल सलाम’ मा देखिएका छन् ।
आफ्नै छोरी ऐश्वर्याको निर्देशनमा बन्न लागेको यस फिल्मको ‘केमियो’ का लागि नै करिब उनले ४० करोड भारु पारिश्रमिक बुझ्ने तय भएको भारतीय मिडियाहरूले दाबी गरेका छन् ।
मिडियाहरूको दाबीअनुसार रजनीकान्तले ‘स्क्रिन टाइम’को आधारमा फिल्मको लागि शुल्क लिने भएका हुन् । उनले प्रति मिनेटको पारिश्रमिक १ करोड दरले बुझ्ने बताइएको छ ।
यद्यपि निर्माण पक्षले भने रजनीकान्त फिल्मको डाइलग लेखनको काममा समेत सहभागी भएको बताएको छ । फेब्रुअरी ९ बाट प्रदर्शनमा आएको सो फिल्म स्पोर्स्ट थ्रिल्लर’ हो । जसमा विष्णु विसाल र विक्रान्तको मुख्य भूमिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया